Skip to main content

लेखक: anjan

काजोलले फिरिरीको दोस्रो हप्ताको लक्की ड्रमा ३० हजारको उपहार जितिन्

काठमाडौं । नेपाली राइड सेयरिङ तथा डिजिटल सेवा प्लेटफर्म फिरिरी एपका प्रयोगकर्तामध्ये काजोल सुन्धौली दोस्रो हप्ताको लक्की ड्र विजेता बनेकी छिन्। उनले फिरिरीमार्फत बाइक सर्भिस लिएपछि लक्की ड्रमा मोबाइल फोन र ब्याग उपहार प्राप्त गरेकी हुन्। विजेता काजोलका अनुसार आफन्तले फिरिरी एपका बारेमा जानकारी दिएपछि उनले एप डाउनलोड गरेकी थिइन्। काजोलले भनिन्, “एक जना दिदीले फिरिरीका बारेमा भनेपछि मैले डाउनलोड गरेकी थिएँ। नेपालीको आफ्नै राइड सेयरिङ एप भएको भन्ने सुनेँ। त्यसपछि यसको सेवा प्रयोग गर्न थालेँ। मलाई यसको सेवा एकदमै राम्रो लाग्यो। महँगो पनि छैन। नेपाली एप भएपछि झन् प्रयोग गर्नैपर्छ भन्ने लाग्यो। अहिले अरू नाम चलेका धेरै कम्पनी विदेशी छन्।”
फिरिरीका प्रबन्ध निर्देशक कुशल खड्काका अनुसार सञ्चालनमा आएको दुई महिनामै करिब १० हजार राइडर्सले फिरिरीमा जोडिएका छन्। उनले भने, “फिरिरी नेपालीले निर्माण गरेको नेपाली डिजिटल प्लेटफर्म भएकाले यसलाई देशभर विस्तार गर्ने योजना रहेको छ।” हाल काठमाडौं उपत्यकामा सेवा दिइरहेको फिरिरीले चाँडै देशका प्रमुख शहरहरूमा सेवा विस्तार गर्ने तयारी गरेको खड्काले जानकारी दिए। फिरिरीमा राइड सेयरिङ सेवाका अतिरिक्त फुड डेलिभरी, होटल बुकिङ, मार्केटप्लेस तथा घरजग्गासम्बन्धी सेवा समेत उपलब्ध छन्। एउटै एपमार्फत विभिन्न डिजिटल सेवा लिन सकिने भएकाले फिरिरीलाई बहुउपयोगी डिजिटल प्लेटफर्मका रूपमा विकास गर्ने कम्पनीको लक्ष्य छ। फिरिरीले आफ्ना विभिन्न सेवा प्रयोग गर्ने उपभोक्तामध्येबाट प्रत्येक साता लक्की ड्रमार्फत एक जना विजेता छनोट गरी उपहार प्रदान गर्दै आएको छ। यसअघि पहिलो हप्ताको लक्की ड्रमा श्रृजना राज्यलक्ष्मी राणा विजेता बनेकी थिइन्। कम्पनीका अनुसार प्रयोगकर्तालाई फिरिरीका सेवा प्रयोग गर्न प्रोत्साहित गर्नुका साथै ग्राहकसँगको सम्बन्ध थप बलियो बनाउने उद्देश्यले साप्ताहिक लक्की ड्र कार्यक्रम सञ्चालन गरिएको हो।

HONOR X7e नेपालमा सार्वजनिक: शक्तिशाली प्रदर्शन र आकर्षक अफर संग

अब नेपालमा अनुभव गर्नुहोस् अझ बढी शक्ति, टिकाउपन र स्टाइल! HONOR ले नयाँ HONOR X7e सार्वजनिक गरेको छ, जसले शक्तिशाली प्रदर्शन, आकर्षक डिजाइन, इमर्सिभ भ्युइङ अनुभव र लामो समयसम्म टिक्ने ब्याट्री जीवन प्रदान गर्दछ। दिनभर कनेक्टेड, मनोरञ्जन र शक्तिशाली रहन चाहने प्रयोगकर्ताहरूका लागि तयार गरिएको HONOR X7e ले उत्कृष्ट फिचरहरू आकर्षक मूल्यमा संयोजन गरेको छ।

स्मूथ र इमर्सिभ अनुभवका लागि HONOR X7e मा ६.६१ इन्चको १२०Hz डिस्प्ले छ, जसले स्क्रोलिङलाई फ्लुइड, टचलाई रेस्पोन्सिभ बनाउँछ र भ्युइङ अनुभव अझ रमाइलो बनाउँछ। HONOR X7e को सबैभन्दा उल्लेखनीय विशेषता यसको ठूलो ७,५००mAh ब्याट्री हो, जसले बारम्बार चार्ज गर्नुपर्ने झन्झट कम पार्दै लामो समयसम्म प्रयोगकर्ताको साथ दिन्छ। यसको साथै ४५W फास्ट चार्जिङले डिभाइस छिटो चार्ज गरी प्रयोगकर्तालाई छिट्टै दैनिक काममा फर्किन सक्दो सहज बनाउँछ।

फोटोग्राफी मन पराउनेहरूका लागि HONOR X7e मा ५०MP AI Ultra-Clear मुख्य क्यामेरा छ, जसले स्पष्ट, सूक्ष्म र जीवन्त तस्बिरहरू खिच्न सहयोग गर्छ। यसले ६GB RAM र २५६GB स्टोरेज पनि समेटेको छ, जसले फोटो, भिडियो, एप्स र अन्य फाइलहरूको लागि पर्याप्त ठाउँ प्रदान गर्दछ। लन्च अवसरमा HONOR ले विशेष सीमित अवधिको अफर पनि प्रस्तुत गरेको छ। सेप्टेम्बर १५, २०२६ सम्म HONOR X7e किन्दा प्रत्येक ग्राहकले HONOR X7e Active Earbuds निःशुल्क प्राप्त गर्नेछन्।