एनपीएलमा उत्साह थप्दै एक्सट्रीम: ७ टोलीका लागि ७ विशेष प्रवेशद्वार तयार
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को माहोल प्रतियोगिता सुरु हुनुअघि नै उत्सवमय बनाइरहेको छ, जहाँ एक्सट्रीम इनर्जी ड्रिङ्कले विशेष activation सुरु गरेको छ। सिजन ३ मा सहभागी ८ टोलीमध्ये ७ टोलीको प्रायोजक रहेको एक्सट्रीमले TU अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर बाहिर ७ टोलीलाई समर्पित ७ वटा गेट तयार गरिसकेको छ। एनपीएलका खेलहरू हुने मुख्य स्थल बाहिर समर्थकहरूलाई टोलीको उत्साहसँग जोड्न यी प्रवेशद्वारहरू समर्पित गरिएको हो, जसमा सम्बन्धित टोलीको पहिचान र एक्सट्रीमको ब्रान्डिङ झल्काइएको छ।
एनपीएल सुरु हुनुअघि नै यस स्तरको activation गर्ने पहिलो ब्रान्ड एक्सट्रीम रहेको कम्पनीले जनाएको छ। एक्सट्रीमले काठमाडौं गोर्खाज, विराटनगर किङ्स, चितवन राइनोज, जनकपुर बोल्ट्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्सलाई प्रायोजन साझेदारी गरेको छ। यसकै साथमा एक्सट्रीमले पोल ब्यानर, होर्डिङ, गेट ब्रान्डिङ तथा टेलिभिजन विज्ञापनमार्फत एनपीएलको उत्साहलाई अझै व्यापक बनाउन योगदान गरिरहेको छ। एनपीएल सिजन ३ कार्तिक ९ देखि मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ।