Skip to main content

अलिबाबाले क्लाउडबाट डाटा चोरी गरी आफ्नै एआईलाई तालिम दिएको आरोप

समाचार सारांश एन्थ्रोपिकले अलिबाबासँग सम्बन्धित खाताहरूले २०२६ मेदेखि जुलाईसम्म क्लाउडसँग १५ करोड १० लाखभन्दा बढी अन्तरक्रिया गरी क्वेनलाई तालिम दिएको दाबी गरेको छ। कम्पनीका अनुसार यसका लागि ३,५०० भन्दा बढी नक्कली खाता खोलिएको थियो र ती ब्लक भएपछि नयाँ समूहका खाताबाट पुनः काम सुरु गरिएको थियो। एन्थ्रोपिकले चीन, रुस र इरानबाट आएका शंकास्पद खाताहरूको लागि परिचय प्रमाणीकरण अनिवार्य गर्ने बताएको छ, जबकि अलिबाबाले कुनै प्रतिक्रिया दिएको छैन। २६ भदौ, काठमाडौं । एआई कम्पनी एन्थ्रोपिकले चीनको प्रमुख प्रविधि कम्पनी अलिबाबाले आफ्नो एआई मोडेल ‘क्लाउड’बाट अहिलेसम्मकै सबैभन्दा ठूलो अवैध डेटा उत्खनन अभियान सञ्चालन गरेको दाबी गरेको छ। एन्थ्रोपिकका अनुसार मे देखि जुलाई २०२६ सम्म अलिबाबासँग सम्बन्धित खाताहरूले क्लाउडसँग १५ करोड १० लाखभन्दा बढी पटक अन्तरक्रिया गरेका थिए। एन्थ्रोपिकले भनेको छ—चीनको ठुलो कम्पनी अलिबाबासँग जोडिएका व्यक्तिहरूले एन्थ्रोपिकको एआई ‘क्लाउड’ बाट ठूलो मात्रामा डेटा चोरी गरी आफ्नै एआई मोडेल ‘क्वेन’लाई तालिम दिएका छन्। एन्थ्रोपिकका अनुसार यो अहिलेसम्मको सबैभन्दा ठूलो यस्तो घटना हो। त्यस्ता खाताबाट कहिलेकाहीं एक दिनमै ३० लाख पटकसम्म प्रश्न सोधिएको पाइन्छ। यसका लागि उनीहरूले ३,५०० भन्दा बढी नक्कली खाता खोलिएका थिए। तत्कालिन ती खाताहरूले क्लाउडलाई समान तरिकाले प्रश्न सोधेर क्लाउडले कसरी विचार गर्छ (चेन-अफ-थट) र उत्तर निकाल्छ भन्ने पुरै प्रक्रिया लेखेर त्यसपछि घटनाहरूका जवाफहरू आफ्नै क्वेन मोडेललाई सिकाउन प्रयोग गरियो। कम्पनीका अनुसार एन्थ्रोपिकले ती खाताहरुलाई ब्लक गरेपछि अलिबाबाले अर्को समूहका खाताबाट पुनः काम सुरु गर्यो। रोचक कुरा के हो भने ती खाताहरू केवल अलिबाबाका मात्र नभएर डीपसिक र सिओमी जस्ता अन्य चिनियाँ कम्पनीहरूले पनि प्रयोग गरेको पत्ता लागेको छ। एन्थ्रोपिकका अनुसार फेब्रुअरी २०२६ मा यस्तो खुलासा गरेपछि अलिबाबा लगायत ७ वटा चिनियाँ कम्पनीहरू (डीपसिक, मूनशट एआई, सिओमी, जिपु एआई, सेन्सटाइम, मिनिम्याक्स) ले पनि यस्तै गतिविधि गरेको पाइएको छ। यस्ता घटनाहरू बढेपछि एन्थ्रोपिकले नक्कली खाता पत्ता लगाउने प्रणाली सुधार गर्ने र चीन, रुस र इरानबाट आएका शंकास्पद खाताहरूको लागि परिचय प्रमाणीकरण अनिवार्य गर्ने जनाएको छ। यस सम्बन्धमा अलिबाबाले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।