Skip to main content

डोनाल्ड ट्रम्पले एआई विकासलाई सुस्त बनाउने माग अस्वीकार गरे

डोनाल्ड ट्रम्पले कृत्रिम बुद्धिमत्ता (एआई) को विकासलाई सुस्त बनाउने माग अस्वीकार गर्दै अमेरिकाले चीनलाई पछि नछोड्ने बताएका छन्। एन्थ्रोपिक, ओपनएआई र स्पेसएक्सका प्रमुखले एआई विकासलाई धीमा पार्न र कडा सुरक्षा गार्डरेलहरु राख्न अनुरोध गरेका थिए। ट्रम्प प्रशासन र रिपब्लिकन सांसदहरूले कडा नियमनले चीनलाई फाइदा पुग्ने भन्दै त्यसको विरोध गरे भने डेमोक्र्याटहरूले तत्काल कदम चाल्न आग्रह गरेका छन्। २९ भदौ, काठमाडौं।

डोनाल्ड ट्रम्पले एआई विकासलाई नियमन गरी गति सुस्त बनाउने मागलाई अस्वीकार गरेका छन्। प्रविधिको विकासले अस्तित्वमै खतरा निम्त्याउने आशंकाले टेक क्षेत्रका प्रमुख र डेमोक्र्याटहरूले कडा नियमनको माग गर्दै आएका थिए। अमेरिकाका केही प्रमुख एआई समूहका नेताहरुले यस साता विकासको गति सुस्त पार्न आह्वान गरेका छन्। एन्थ्रोपिकका डारियो अमोडेई, ओपनएआईका सैम अल्टम्यान र स्पेसएक्सका एलन मस्कले उक्त माग राखेका हुन्।

तर राष्ट्रपतिले आइतबार केही सुरक्षा गार्डरेलहरू सम्भव रहेको बताएका छन्। उनले अमेरिकाले यस क्षेत्रमा अन्तर्राष्ट्रिय नेतृत्व कायम राख्न आवश्यक रहेको बताए। ट्रम्पले भने, ‘हेर्नुहोस्, हामी एआईमा चीनभन्दा अगाडि छौं। म यसलाई त्यसरी नै राख्न चाहन्छु। किनभने जसले एआई जित्छ, उसैले जित्छ।’ आयरल्यान्डको डुनबेग गल्फ कोर्स भ्रमणका क्रममा ट्रम्पले पत्रकारहरूसँग कुराकानी गर्दै उक्त कुरा बताएका हुन्।

डेमोक्र्याटहरूले रिपब्लिकन प्रतिक्रियाको आलोचना गरेका छन् र उद्योग नियमनतर्फ द्रुत कदम चाल्न माग गरेका छन्। एरिजोनाका सिनेटर रुबेन गालेगोले जोन्सन र ट्रम्प दुवैले एआईको जोखिमलाई उपेक्षा गरेको आरोप लगाए। उनले भने, ‘हामीले यो विषयलाई मात्र विचार गरेर अघि बढ्न सक्दैनौं। यदि हामीले यस्तो गर्‍यौं भने चीनसँग हार्नेछौं।’