
नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५औं महाधिवेशनको तयारीका लागि अनुशासन, विधान मस्यौदा र सदस्यता व्यवस्थापन गरी तीनवटा समिति गठन गरेको छ। डा. शशांक कोइरालाले अनुशासन समितिमा पद्मनारायण चौधरी, विधान मस्यौदा समितिमा शिवप्रसाद हुमागाईं र सदस्यता व्यवस्थापन समितिमा किरणराज शर्मालाई संयोजकको रुपमा मनोनयन गरेका छन्। यस सम्बन्धि जानकारी समूहको सम्पर्क कार्यालय समन्वय संयोजक दीपकप्रसाद कुइकेलले उपलब्ध गराएका छन्। २९ भदौ, काठमाडौं।
नेपाली कांग्रेसको संस्थापन इतर समूहले महाधिवेशन तयारीकालागि तीनवटा समिति गठन गरेको छ। पार्टीको १५औं महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले अनुशासन समिति, विधान मस्यौदा समिति र सदस्यता व्यवस्थापन समितिका संयोजकको घोषणा गरेका छन्। सो समितिहरूमा अनुशासन समितिका संयोजक पद्मनारायण चौधरी, विधान मस्यौदा समितिका संयोजक शिवप्रसाद हुमागाईं र सदस्यता व्यवस्थापन समितिका संयोजक किरणराज शर्मा रहेका छन्। यी जानकारी उनी नेतृत्व गरेको समूहका सम्पर्क कार्यालय समन्वय संयोजक दीपकप्रसाद कुइकेलले दिएका छन्।






