
बाढीले नागरिकता वा अन्य कागजात हराएमा के गर्ने?
बाढीले नागरिकता वा अन्य कागजातहरू हराएमा के गर्नु पर्छ? भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले मानिसहरूका साथै घर र कार्यालयहरूमा रहेका थुप्रै सामग्री बगाएको छ। मानिसहरूको पहिचान प्रमाणपत्रहरू पनि बगेर हराए वा हिलोले प्रभावित भएर प्रयोग गर्न नलायक हुन पुगेका छन्। धेरैले नागरिकता प्रमाणपत्र, पासपोर्ट र जग्गा सम्बन्धी लालपुर्जा जस्ता महत्वपूर्ण कागजातहरू गुमाएका छन्।
यस्ता प्रभावित मानिसहरूको समस्यालाई समाधान गर्न सरकारले के-कस्ता कदम चालिरहेको छ? यसबारे जानकारी लिने उद्देश्यले बीबीसी नेपालीको लाइफलाइन कार्यक्रम ‘बीबीसी हातेमालो’का लागि संवाददाता सागर बुढाथोकीले गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेलाई प्रश्न सोधेका छन्। कृपया यो अन्तर्वार्ता सुन्नुहोस्।