
बाढीले नागरिकता वा अन्य कागजातहरू हराएको खण्डमा के गर्ने? भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले मानिसहरूका साथै घर र कार्यालयमा रहेका थुप्रै सामग्री बगाएको छ। मानिसहरूको पहिचान प्रमाणपत्रहरू पनि बगेर हराए वा हिलोले प्रभावित भएर काम नलाग्ने अवस्थामा पुगेका छन्। धेरैले नागरिकता, पासपोर्ट र जग्गाको लालपुर्जा जस्ता महत्वपूर्ण कागजातहरू गुमाएका छन्।
यस प्रकार प्रभावित मानिसहरूको समस्याको समाधानका लागि सरकारले के कदम चालिरहेको छ? बीबीसी नेपालीको लाइफलाइन कार्यक्रम ‘बीबीसी हातेमालो’ का लागि संवाददाता सागर बुढाथोकीले गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेलाई सोधेका छन्। यो अन्तर्वार्तालाई सुन्नुहोस्।






