Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

भोटेकोशी बाढीपीडितले त्रिशूली बजारमा प्राधिकरणको जग्गा कब्जा गर्दै डोजर चलाए

Advertisement800×200-1

काठमाडौं । गत भदौ १० गतेको भोटेकोशी बाढीबाट विस्थापित भएका त्रिशूली बजारका बाढीपीडितहरूले सरकारले पुनःस्थापनामा बेवास्ता गरेको भन्दै आन्दोलनको कडा रूप अपनाएका छन्। लामो समय बित्दा पनि राहत र पुनःस्थापनाको सुनुवाई नभएपछि पीडितहरूले बस्तीमै रहेको नेपाल विद्युत् प्राधिकरणको जग्गा कब्जा गरी डोजर चलाएका छन् र त्यहाँ टेन्टसमेत गाडेका छन्। करिब २५० जनाको संख्यामा रहेका पीडितहरूले आफ्नै बलबुतामा डोजर मगाएर प्राधिकरणको जग्गा सम्याएका हुन्।

स्थानीय सरकारले विस्थापितहरूको पुनःस्थापनाका लागि संघीय सरकार समक्ष सिफारिस गरेको भए पनि संघीय सरकारले समयमै निर्णय नगर्दा पीडितहरूमा बेचैनी र आक्रोश बढेको हो। पीडितहरूले प्राधिकरणको जग्गा कब्जा गरेपछि नेपाल विद्युत् प्राधिकरणका केन्द्र प्रमुख र नुवाकोटका प्रहरी प्रमुख घटनास्थलमा पुगेका थिए। यद्यपि, पीडितहरूको गम्भीर अवस्थालाई मध्यनजर गर्दै प्रहरीले कुनै पनि किसिमको हस्तक्षेप भने गरेको छैन।

गत भदौमा आएको भोटेकोशी बाढीका कारण ठाLO मानवीय र भौतिक क्षति भएको थियो। बाढीमा परी १ हजार ४५० भन्दा बढीको मृत्यु भइसकेको छ भने ६ हजारभन्दा बढी अझै बेपत्ता छन्। हजारौं नागरिक बिचल्लीमा परे पनि राज्यबाट अपेक्षित सहयोग र स्थायी पुनःस्थापना नभएको भन्दै पीडितहरू आफैँ जग्गा कब्जा गर्ने स्थितिमा पुगेका छन्।


Advertisementadv-800×200.png

सम्बन्धित खबर