Skip to main content
महेश बस्नेतको प्रतिक्रिया– प्रतिशोधको राजनीतिविरुद्ध न्यायालयको कदम स्वागतयोग्य

महेश बस्नेतको प्रतिक्रिया– प्रतिशोधको राजनीतिविरुद्ध न्यायालयको कदम स्वागतयोग्य

१६ चैत, काठमाडौं । काठमाडौं जिल्ला अदालतले आफूविरुद्ध प्रहरीले पक्राउ पुर्जी नदिएकोमा नेकपा एमालेका सचिव महेश बस्नेतले अदालतको निर्णयलाई स्वागतयोग्य बताएका छन्। सोमबार फेसबुकमार्फत प्रतिक्रिया दिँदै सचिव बस्नेतले अदालतको आदेशलाई ‘प्रतिशोधको राजनीतिविरुद्ध न्यायालयले चालेको स्वागतयोग्य कदम’ रहेको बताएका छन्।
‘निरंकुश बालेन सरकार र कथित गृहमन्त्रीको निर्देशनमा झूटा मुद्दा लगाउँदै काठमाडौं जिल्ला प्रहरीले सरकारी वकिल मार्फत पक्राउ प्रक्रिया अघि बढाएको फाइलमा काठमाडौं जिल्ला अदालतले पक्राउ नगर्न आदेश दिएको छ,’ बस्नेतले लेखेका छन्, ‘यस निर्णयका लागि काठमाडौं जिल्ला अदालतप्रति हार्दिक धन्यवाद प्रकट गर्दछु। प्रतिशोधको राजनीतिविरुद्ध न्यायालयले चालेको यो कदम प्रशंसनीय छ।’
काठमाडौं जिल्ला अदालतले आज जाहेरी र सम्बन्धित सबै फाइल उच्च अदालत पाटनमा पुगेको भन्दै बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी गर्ने अनुमति दिन अस्वीकार गरेको थियो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ