Skip to main content

बाढीले बन्द भएका विद्यालयहरूमा पठनपाठनको पुनः व्यवस्थापन

बाढीपछि बन्द भएका विद्यालयहरूमा पठनपाठन कसरी सञ्चालन भइरहेको छ भन्ने विषयमा प्रकाशन गरिएको छ। भदौ महिनामा भोटेकोशी र तल त्रिशूली नदीमा आएको विनाशकारी बाढीले दर्जनौं विद्यालयहरू डुबाउँदा हजारौं विद्यार्थीहरूको पठनपाठन प्रभावित भएको थियो। यसले ती विद्यार्थीहरूमा मानसिक तथा मनोवैज्ञानिक असर पनि पारेको छ। तर, बिस्तारै विद्यालयहरू पुनः खोल्न थालिएका छन्।

लामो समय पढाइ अवरुद्ध रहेका ती विद्यार्थीहरूको पठनपाठन अहिले कसरी व्यवस्थापन हुँदैछ? ‘बीबीसी हातेमालो’का लागि मनिका विश्वकर्माले रसुवा जिल्लामा पर्ने नीलकण्ठ माध्यमिक विद्यालयका प्रधानाध्यापक माधव लामिछानेसँग कुराकानी गरेकी छन्।