बाढीपीडितहरूले स्थानीय निकाएबाट कस्ता सुविधा पाउँदै छन्। गत भदौ महिनामा भोटेकोशी र तल त्रिशूली नदीमा आएको बाढीले रसुवासहितका जिल्लाहरूमा ठूलो क्षति पुर्यायो। प्रभावित क्षेत्रका मानिसहरूलाई सङ्घीय र प्रदेश सरकारबाहेक स्थानीय तहहरूले पनि राहत तथा सुविधा उपलब्ध गराउँदै आएका छन्। जनतासँग सबैभन्दा नजिक रहने भएकाले स्थानीय निकायले प्रदान गर्ने सहयोग झन् प्रभावकारी हुने ठानिन्छ।
बाढीका कारण सबैभन्दा धेरै प्रभावित हुने मध्ये पर्ने रसुवाको उत्तरगया गाउँपालिकाले बाढीपीडितहरूलाई कस्तो सेवा र सुविधा दिँदै आएको छ त? ‘बीबीसी हातेमालो’ का लागि मनिका विश्वकर्माले सो गाउँपालिकाका अध्यक्ष माधवप्रसाद अर्यालसँग गरेको कुराकानी।