Skip to main content
Advertisementxtreme adv

अमेरिकाले दुई खेल बाँकी रहँदासම जित्यो लिग २ क्रिकेटको उपाधि

२२ असोज, काठमाडौं । अमेरिकाले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को उपाधि जितेको छ । बुधबार डलासस्थित ग्रान्ड प्रेरी स्टेडियममा नामिबियालाई ४ विकेटले पराजित गर्दै अमेरिकाले लिग २ को उपाधि पक्का गरेको हो । नामिबियाले दिएको २९९ रनको लक्ष्य अमेरिकाले ४८ ओभर ५ बलमा ६ विकेट गुमाएर पूरा गर्‍यो । अमेरिकाको जीतमा कप्तान मोनांक पटेलले १०८ रनको शतकीय पारी खेले । स्मित पटेलले ५० तथा शेहान जयसूर्याले ७४ रन बनाए । मोनांकको संयमित ब्याटिङसँगै स्मित र जयसूर्याको महत्वपूर्ण योगदानले अमेरिकालाई कठिन लक्ष्य पछ्याउँदै जीत निकाल्न सहयोग गर्‍यो । अमेरिकाले लक्ष्य पूरा गर्दा सात बल बाँकी थियो ।

यस जीतसँगै अमेरिकाले लिग २ को अंकतालिकामा थप दुई अंक जोड्दै उपाधि पक्का गरेको हो । प्रतियोगितामा सहभागी आठमध्ये अन्य टोलीले खेल खेल्न बाँकी रहे पनि अमेरिकालाई अब कुनै टोलीले अंकमा भेट्न सक्दैन । अमेरिकाको ३४ खेलबाट ४७ अंक छ । दोस्रो स्थानको स्कटल्यान्डले ३६ खेल खेलेको छ र ४५ अंक छ । तेस्रो स्थानको नेदरल्यान्ड्सको ३२ खेलबाट ३८ अंक छ । चौथो स्थानको ओमानको २८ खेलबाट ३१ अंक छ । ओमानले बाँकी सबै खेल जिते पनि जित संख्या अमेरिकाको नै बढी रहेको हुँदा अमेरिका शीर्ष स्थानमै रहनेछ । यसअघि अमेरिकाले विश्वकप छनोट प्रतियोगितामा आफ्नो स्थान सुरक्षित गरिसकेको थियो । लिग–२ को उपाधिसँगै अमेरिकाले आगामी वर्ष दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियामा आयोजना हुने आईसीसी पुरुष क्रिकेट विश्वकपमा स्थान बनाउनका लागि छनोट प्रतियोगितामार्फत थप अवसर पाउनेछ।