
बाढीपछिको खाद्यान्न अभावको सम्भावना र संकट टार्न आवश्यक तयारी के-के हुन सक्छन्? भदौ महिनामा परेको विनाशकारी बाढीले रसुवा, नुवाकोट र धादिङसमेतका जिल्लामा करिब १,८०० हेक्टर कृषियोग्य जमिन बगाएको प्रारम्भिक सरकारी अनुमान रहेको छ। यसले ठूलो मात्रामा कृषि उत्पादनमा क्षति पुर्याउँदा ती क्षेत्रहरूमा खाद्यान्न अभावको खतरा अझ बढेको छ।
सडक सुविधामा आएको बाढी र पहिरोले आएको क्षतिले वस्तु आपूर्ति प्रणालीमा अवरोध पुर्याउँदै प्रभावित क्षेत्रहरूमा खाद्य सुरक्षा जोखिमलाई थप बढ़ाएको छ। यस्तो अवस्थामा के गर्ने? ‘बीबीसी हातेमालो’का लागि प्रतीक्षा खनालले राष्ट्रिय योजना आयोगको राष्ट्रिय खाद्य तथा पोषण सुरक्षा समन्वय समितिका विज्ञ सदस्य डा यमुना घलेसँग यस विषयमा विभिन्न प्रश्नहरू सोधेर जानकारी सँगाल्नुभएको छ।







