Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

थाई महारानीले एक्लै फाइटर विमान उडाएकी

Advertisement800×200-1

थाईल्याण्डकी महारानी सुथिदाले एक्लैले फाइटर जेट विमान उडाएकी छिन् भन्ने कुरा थाई राजदरबारले जनाएको छ। गत साता दक्षिणी प्रान्त सुरात थानीमा महारानी सुथिदाको एकल उडान हुँदा राजा महा वजिरालङ्कर्नले जमिनबाट अवलोकन गर्नुभएको थियो।

राजदरबारका अनुसार महारानी सुथिदा अनुभवी पाइलट हुनुहुन्छ र सन् २०१० देखि विमान उडाउन सुरु गरेपछि विभिन्न प्रकारका विमानहरूमा कुल १,१८८ घण्टा उडान भइसकेकी छिन्। ती राजकीय भ्रमणका क्रममा अन्य देशहरूमा राजालाई बोकेका विमानहरूमा को-पाइलटका रूपमा पनि जिम्मेवारी निर्वाह गरेकी छिन्। थाई राजा महा वाचिरालोङ्कन स्वयं पनि विमानचालक हुन्।


Advertisementadv-800×200.png

सम्बन्धित खबर