Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

नेपालले ओमानविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्यो

Advertisement800×200-1

ओमानमा जारी आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले ओमानविरुद्ध दोस्रो खेलको टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। ओमान क्रिकेट एकेडेमी टर्फ १ मा हुने खेलमा नेपालले गुल्शन झाको स्थानमा सन्दीप जोरालाई टोलीमा समेटेको छ। लिग २ अंक तालिकामा नेपाल ३३ खेलबाट २६ अंकसहित छैटौं स्थानमा रहेको छ भने ओमान २९ खेलबाट ३३ अंकसहित चौथो स्थानमा छ। २५ असोज, काठमाडौं।

आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा भइरहेको ओडीआई शृंखला अन्तर्गत दोस्रो खेलमा नेपालले ओमानविरुद्ध टस जितेको छ। ओमान क्रिकेट एकेडेमी टर्फ १ मा अपरान्ह सवा ११ बजेबाट सुरु हुने खेलमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन्। दुवै टोलीले आफ्ना पहिलो खेलमा क्यानडालाई पराजित गरेका थिए। नेपालले आजको खेलमा एक परिवर्तन गरेको छ। गुल्शन झाको स्थानमा सन्दीप जोरा टोलीमा आएका छन्। लिग २ अंक तालिकामा नेपाल ३३ खेलबाट २६ अंकसहित छैटौं स्थानमा छ भने ओमान २९ खेलबाट ३३ अंकसहित चौथोमा रहेको छ। नेपालले चौथो स्थानसम्म पुग्ने सम्भावना भने सकिसकेको छ।

नेपालको प्लेइङ ११: सन्दीप लामिछाने (कप्तान), दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आसिफ शेख, अर्जुन कुमाल, इशान पान्डे, बसिर अहमद, सन्दीप जोरा, करण केसी, नन्दन यादव, ललित राजवंशी।


Advertisementadv-800×200.png

सम्बन्धित खबर