Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

रोहितको अर्धशतक र करणको आक्रामक फिनिशिङमा नेपालले ओमानलाई २६४ रनको लक्ष्य प्रस्तुत गर्‍यो

Advertisement800×200-1

रोहित पौडेलले ६१ रन बनाए भने करण केसीले ४० रन बनाउँदै नेपालले ओमानलाई २६४ रनको लक्ष्य दिएको छ। अल अमेरत क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ १ मा नेपालले पहिले ब्याटिङ गर्दै ५० ओभरमा ८ विकेट गुमाएर २६३ रन तयार पारेको छ।

२७ असोज, काठमाडौं। रोहित पौडेलको अर्धशतक र करण केसीको आक्रामक फिनिशिङको सहयोगमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेलमा ओमानलाई २६४ रनको चुनौती दिएको छ। नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लियो। रोहितले ६७ बलमा ३ चौका र १ छक्का सहित ६१ रन बनाएका थिए।

करण केसीले अन्तिम चरणमा मात्र १६ बल खेलेर ४० रनको आक्रामक पारी खेल्दै टिमलाई ठूलो योगदान दिए। उनले ४९औं ओभरमा हस्नेन शाहलाई लगातार तीन छक्का प्रहार गरेका थिए र अन्तिम ओभरमा शाह फेसललाई पनि छक्का लगाउन सफल भए। अर्जुन कुमालले ४०, बसिर अहमद र इशान पान्डेले समान ३७-३७ रन बनाए। दीपेन्द्रसिंह ऐरीले पनि २२ रन जोडे।

ओमानका लागि शाह फेसल, शकील अहमद र करण सोनाभालेले दुई-दुई विकेट लिए भने हस्नेन शाहले एक विकेट लिएका थिए। आईसीसी विश्वकप लिग २ को अंकतालिकामा नेपाल ३३ खेलबाट २६ अंकसहित छैटौं स्थानमा छ। ओमान २९ खेलबाट ३३ अंकसहित चौथो स्थानमा छ भने क्यानडा ३४ खेलबाट २५ अंकसहित सातौं स्थानमा छ।


Advertisementadv-800×200.png

सम्बन्धित खबर