Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

नेहा बोरा, अभिजीत दीपके र राहुल गान्धीबीचको रणनीतिक दूरी कस्तो छ?

Advertisement800×200-1

समाचार संक्षेप समीक्षा पश्चात तयार। मतदाता नामावलीबाट १३ करोडभन्दा बढी नागरिकको नाम हटाइएको आरोपमा भारतका मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै नयाँ दिल्लीमा आन्दोलन चर्किएको छ। अल इन्डिया स्टुडेन्ट्स युनियनकी राष्ट्रिय अध्यक्ष नेहा बोरा ‘फ्ल्याश प्रोटेस्ट’ र ‘असली र हमशक्ल’ रणनीतिबाट दिल्ली पुलिसलाई चुनौती दिँदै पुनः प्रदर्शनमा उत्रिएकी छन्। सीजेपीले जन्तर मन्तरमा प्रदर्शनको नयाँ मिति माग्दै शान्तिपूर्ण रहन समर्थकलाई आग्रह गरेको छ, तर नेहा बोरासँग रणनीतिक दूरी बढेको छ। २७ असोज, काठमाडौं। भारतका मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै नयाँ दिल्लीमा जारी आन्दोलन तीव्र बनेको छ। मतदाता नामावलीबाट १३ करोडभन्दा बढी नागरिकको नाम हटाइएको आरोप लगाउँदै सडकमा उत्रिएका प्रदर्शनकारी र दिल्ली प्रहरीले कडा तनाबका बीच संघर्ष गरिरहेका छन्। यसैक्रममा कम्युनिस्ट पार्टी अफ इन्डिया (मार्क्सवादी-लेनिनवादी) लिबरेशनको विद्यार्थी सङ्गठन ‘अल इन्डिया स्टुडेन्ट्स युनियन’ (आइसा)की २९ वर्षीया राष्ट्रिय अध्यक्ष नेहा बोरा आफ्नो ‘फ्ल्याश प्रोटेस्ट’ र रणनीतिबाट दिल्ली प्रहरीका लागि मुख्य चुनौती बनेकी छन्।

ककरोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजीत दीपके, सौरव दास र आशुतोष राङ्का १० अक्टोबरबाट दिल्लीको जन्तर मन्तरमा प्रदर्शनको आह्वान गरेका थिए। तर, दीपकेसहितका मुख्य नेताहरूलाई दिल्ली विमानस्थलबाटै प्रहरीले नियन्त्रणमा लियो। जन्तर मन्तर जाने बाटो बन्द भएपछि नेहा बोराले १० किलोमिटर टाढा रहेको ‘दिल्ली हाट’मा मानिसहरूलाई भेला हुन आह्वान गरिन्। सामाजिक सञ्जाल एक्समा ‘आज दिल्ली हाट नै जन्तर मन्तर बन्नेछ’ भन्दै उनले सुरु गरेको प्रदर्शनपछि प्रहरीले उनलाई हिरासतमा लियो। हिरासतमा रहेकी नेहा बोरा भिडियो सन्देश जारी गर्दै जहाँ हुनुहुन्छ त्यहीँबाट विरोध जारी राख्न आह्वान गरिन्। उनले भनिन्, ‘यो बसमा चारवटा ‘सेल’ बनाइएका छन् र सास फेर्नसमेत ठाउँ छैन। के हिरासतमा लैजाने बसहरूलाई जेलमा परिणत गरिँदैछ? केवल ज्ञानेश कुमारलाई बचाउन सर्वसाधारणमाथि किन यति धेरै हिंसा र दमन भइरहेका छन्?’

‘असली र हमशक्ल’ विधिबाट प्रहरीले शनिबार उनलाई रिहा गरेपछि आइतबार पुनः प्रदर्शनमा सहभागी भएकी नेहा बोरा ‘असली र हमशक्ल’ प्रयोग गरी दिल्ली पुलिसलाई परास्त गराईन्। कनट प्लेसको भीडमा नेहा असली पुलिसलाई छल गर्दै भागिरहँदा आरके आश्रममा उनको हमशक्ल पुलिससँग अल्झिरहेको थियो। कडा पछ्याउन र घम्साघम्सीपछि उनलाई पुनः नियन्त्रणमा लिएर प्रहरी बसमा राखिएको थियो।

उता, सीजेपीका सह-संयोजक आशुतोष राङ्काले हिरासतबाट रिहा भएपछि भनेका थिए, ‘यो लडाइँ अहिले मात्रै सुरु भएको हो, अब यसलाई देशभर फैलाइनेछ।’ सोसल मिडियामा नेहाको सक्रियता र ऊर्जाको व्यापक प्रशंसा भइरहेको छ। प्रयोगकर्ताहरूले उनको साहसिक रणनीति र गिरफ्तार भएर पनि पुनः मैदानमा फर्किने शैलीको प्रशंसा गरेका छन्।

सन् २०१९ र २०२० को नागरिकता कानुन (सीएए) विरुद्धको आन्दोलन र रंगमञ्चबाट राजनीतिमा प्रवेश गरेकी बोरा सडक संघर्षमा सीजेपी नेतृत्वभन्दा बढी प्रभावशाली देखिएकी छन्। सीजेपी र आइसा बीच रणनीति र कूटनीतिक दूरी पहिले अक्टोबर ७ मा नेहा बोरा र सीजेपी नेताहरूले संयुक्त पत्रकार सम्मेलन गरी आन्दोलनको घोषणा गरेका थिए। तर, अक्टोबर १० पछि दुई पक्षबीच रणनीतिमा स्पष्ट भिन्नता देखिएको छ। नेहा बोराले गोप्य र अचानक गरिने ‘फ्ल्याश प्रोटेस्ट’ रणनीति अपनाउँदा, सीजेपी नेताहरूले सामाजिक सञ्जालमा आफ्ना योजना सार्वजनिक गर्दै आएका छन्। जसले प्रहरीलाई सजिलै नियन्त्रणमा लिन सजिलो भएको छ।

यसबीच, सीजेपीले समर्थकहरूलाई शान्तिपूर्ण रहन र प्रहरी चौकीहरूमा गएर जन्तर मन्तरमा प्रदर्शनको नयाँ मिति तोक्न आग्रह गरेको छ। तर, वरिष्ठ पत्रकार निखिल वाग्ले जस्ता विश्लेषकहरूले सीजेपीको रणनीतिमा प्रश्न उठाउँदै उनीहरूलाई राहुल गान्धीद्वारा सर्वोच्च अदालतसम्म लैजाने मार्चमा सहभागी भएर नेहा बोरा जस्तै वास्तविक संघर्ष गर्न सुझाव दिएका छन्। सीजेपी र कांग्रेसबीच पनि दूरी स्पष्ट देखिएको छ, जसले मुख्य निर्वाचन आयुक्तविरुद्धको आन्दोलनलाई कुन दिशातर्फ लैजाने भन्ने विषयमा अनिश्चितता सिर्जना गरेको छ।


Advertisementadv-800×200.png

सम्बन्धित खबर