Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

भारतको बिहारमा डुंगा पल्टियो, १४ जनाको मृत्यु, अधिकांश बालबालिका

Advertisement800×200-1

फाइल फोटो समाचार सारांश भारतको बिहारस्थित गंगा नदीमा डुंगा पल्टिएपछि कम्तीमा १४ जनाको मृत्यु भएको छ, ६ जना घाइते भएका छन् र ३ जनालाई सुरक्षित उद्धार गरिएको छ। राघोपुर विधानसभा क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँ नजिकै मंगलबार साँझ भएको दुर्घटनामा डुंगामा २० जनाभन्दा बढी सवार थिए, जो भोज खान जान लागेको थियो।

बिहारका मुख्यमन्त्री सम्राट चौधरीले मृतकका परिवारलाई प्रत्येक जनालाई चार लाख भारतीय रुपैयाँ राहत दिने घोषणा गरेका छन्। २८ असोज, काठमाडौं। भारतको बिहारस्थित गंगा नदीमा डुब्दा कम्तीमा १४ जनाको मृत्यु भएको छ। यस दुर्घटनामा ६ जना घाइते भएका छन् भने ३ जनालाई सुरक्षित रूपमा उद्धार गरिएको छ। भारतीय सञ्चारमाध्यम आजतकका अनुसार, मंगलबार साँझ राघोपुर विधानसभा क्षेत्रको रामपुर श्यामचन्द गाउँ नजिकै यो दुर्घटना भएको हो।

डुंगामा सवार समूह भोज खान जाने क्रममा डुंगा पल्टिएको बताइएको छ। घटनाको जानकारी पाएपछि स्थानीय प्रहरीले र प्रशासनले उद्धार कार्य सुरु गरेका थिए। दुर्घटनाको कारण अझै खुल्न सकेको छैन। मृतकका परिवारलाई प्रतिजन चार लाख भारतीय रुपैयाँ राहत बिहारका मुख्यमन्त्री सम्राट चौधरीले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई प्रत्येक जनालाई चार लाख भारतीय रुपैयाँ राहत दिने घोषणा गरेका छन्।

उनीले उद्धार कार्यलाई तीव्र बनाउन र घाइतेहरूको उचित उपचारको व्यवस्था गर्न प्रशासनलाई निर्देशन दिएका छन्। बिहारका पूर्व उपमुख्यमन्त्री तथा राघोपुरका विधायक तेजस्वी यादवले पनि घटनाप्रति दुःख व्यक्त गर्दै स्थानीय बासिन्दा, प्रशासन र सम्बन्धित अधिकारीसँग समन्वय गरी उद्धार र उपचार कार्यमा छिटो पहल गर्न आग्रह गरेका छन्। केन्द्रीय मन्त्री चिराग पासवानले पनि दुर्घटनाबाट भएका मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै आफ्ना संसदीय क्षेत्र राघोपुर दियारा क्षेत्रका पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउन र घाइतेहरूको उपचारमा ध्यान दिन सम्बन्धित अधिकारीलाई आग्रह गरेको बताएका छन्।


Advertisementadv-800×200.png

सम्बन्धित खबर