युक्रेनको राजधानी कीभमा एक स्थानीय डिजाइनरले विद्यार्थीहरूलाई अनलाइन मार्फत पढाउँदै गर्दा २५-तले भवनको नजिकै रूसी ड्रोनले विस्फोट गरेको छ। उक्त घटनामा ती महिलालाई चोट लागेको छैन भने उनका अनुसार उनको फ्ल्याटमा क्षति पुगेको छ।
युक्रेनी अधिकारीहरूले जनाएका छन् कि उक्त २५-तले भवन नजिकै भएको रूसी ड्रोन हमलामा परी दुई जनाको मृत्यु भएको छ।