बाढीले अभिभावक गुमाएका बालबालिकालाई राज्यले कसरी सहयोग गर्छ भन्ने विषयमा छलफल गरिएको छ। भदौ महिनामा भोटेकोशी र तल त्रिशूली नदीमा आएका विनाशकारी बाढीले धेरै बालबालिकाका अभिभावकसँगै घर र विद्यालय बगाएको थियो। अहिले थुप्रै बालबालिकाका दुवै अभिभावक छैनन् भने केहीका मात्र एक अभिभावक जीवित छन्। घर तथा जग्गा सबै बगाएपछि कतिपय अभिभावकहरूले आफ्ना बालबालिकाको पालनपोषण र शिक्षाको व्यवस्था गर्न सकिरहेको अवस्था छैन।
राज्यले ती बालबालिकालाई दीर्घकालीन रूपमा कसरी शिक्षा, पालनपोषण र संरक्षण गर्नेछ भन्ने विषयमा ‘बीबीसी हातेमालो’ का लागि सागर बुढाथोकीले राष्ट्रिय बाल अधिकार परिषद्का सूचना अधिकारी रामबहादुर चन्दसँग सोधपुछ गरेका छन्।