

हिमालय स्पोर्ट्समा एनपीएलका लागि आयरल्यान्डका पूर्व क्रिकेटर केभिन विश्लेषक


आयरल्याण्डका पूर्व क्रिकेटर केभिन ओ’ब्रायन तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) को विशेष प्रसारणका लागि हिमालय स्पोर्ट्समा विशेषज्ञ विश्लेषकको रूपमा आबद्ध भएका छन्। ओ’ब्रायन ‘रेड बुल क्रिकेट लाइभ, इन एसोसिएसन विथ बजाज पल्सर’ कार्यक्रममा प्रतियोगिताभर सहभागी हुनेछन्। यसअघि उनले नेपालमा आयोजित विभिन्न फ्रेन्चाइज क्रिकेट प्रतियोगितामा खेलाडीका रूपमा पनि अनुभव प्राप्त गरिसकेका छन्।
सन् २०११ को आईसीसी क्रिकेट विश्वकपमा इंग्ल्यान्ड विरुद्धको अविस्मरणीय इनिङ्सका कारण ओ’ब्रायन विश्व क्रिकेटमा विशेष रूपमा परिचित छन्। उनले ५० बलमा शतकीय रन बनाउँदै विश्वकप इतिहासकै तीव्र शतकको कीर्तिमान स्थापना गरेका थिए। यसका साथै, स्टार स्पोर्ट्सका पूर्व प्रस्तोता नवनीथ कृष्ण र नेपाली राष्ट्रिय टोलीका पूर्व क्रिकेटर बर्दान चालिसे पनि विश्लेषक प्यानलमा रहनेछन्।
हिमालय स्पोर्ट्सले आगामी दिनहरूमा थप चर्चित अन्तर्राष्ट्रिय र नेपाली क्रिकेट हस्तीहरूलाई आफ्नो प्रसारण प्यानलमा समावेश गर्ने तयारी गरिरहेको छ। यसले नेपाली क्रिकेटप्रेमीलाई अन्तर्राष्ट्रिय स्तरको प्रसारण अनुभव प्रदान गर्ने प्रतिबद्धता जनाएको छ। ‘रेड बुल क्रिकेट लाइभ’ मार्फत दर्शकहरूले खेलअघि र खेलपछि विस्तृत विश्लेषण, रणनीतिक छलफल र विशेषज्ञहरूको दृष्टिकोण पाउनेछन्।

सम्बन्धित खबर









