Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

कुवेत र साउदी अरेबिया बने टी-२० विश्वकप एसिया सब-रिजनल छनोटका विजेता

Advertisement800×200-1

कुवेत र साउदी अरेबिया मलेसियामा सम्पन्न भएको आईसीसी पुरुष टी–२० विश्वकप एसिया सब-रिजनल छनोटका विजेता बनेका हुन्। सब-रिजनल छनोट ‘ए’ बाट कुवेत, बहराइन र कतार तथा ‘बी’ बाट साउदी अरेबिया, हङकङ र मलेसिया सन् २०२७ को एसिया क्षेत्रीय फाइनलमा स्थान बनाउन सफल भएका छन्। क्षेत्रीय फाइनलबाट सन् २०२८ को आईसीसी पुरुष टी–२० विश्वकप ग्लोबल छनोटमा प्रवेश गर्ने टोली टुंगिने छ, भने नेपालले सिधै ग्लोबल छनोट खेल्नेछ।

कुवेत र साउदी अरेबिया आईसीसी पुरुष टी–२० विश्वकप छनोट अन्तर्गत एसिया सब-रिजनल छनोटमा शीर्ष स्थानमा रहेका छन्। दुबै टोलीले मलेसियामा सम्पन्न छनोट प्रतियोगितामा उपाधि जित्दै सन् २०२७ मा हुने एसिया क्षेत्रीय फाइनलमा आफ्नो उपस्थितिलाई सुनिश्चित गरेका छन्। सब-रिजनल छनोट ‘ए’ मा कुवेत पहिलो, बहराइन दोस्रो र कतार तेस्रो स्थानमा रहे। यी तीन टोलीले क्षेत्रीय फाइनलमा सहभागिता जनाउनेछन्। त्यस्तै, सब-रिजनल छनोट ‘बी’ मा साउदी अरेबिया पहिलो, हङकङ दोस्रो र आयोजक मलेसिया तेस्रो स्थानमा पुगेका छन्।

दुवै छनोट प्रतियोगिताबाट कुवेत, बहराइन, कतार, साउदी अरेबिया, हङकङ र मलेसियाले सन् २०२७ को एसिया क्षेत्रीय फाइनलमा प्रतिस्पर्धा गर्नेछन्। छनोट ‘ए’ मा कुवेतका अदनान इद्रिसलाई उत्कृष्ट खेलाडी घोषित गरिएको छ भने छनोट ‘बी’ मा मलेसियाका विरानदीप सिंहले उक्त सम्मान प्राप्त गरेका छन्। कुवेतका कप्तान मोहम्मद अस्लमहले उपाधि जित्नुलाई टोलीका लागि गर्वको क्षण करार दिए। उनले स्पष्ट रणनीति, अनुशासित तयारी, खेलाडीमाथिको विश्वास र बलियो टोली संस्कृतिको कारण सफलताको प्राप्ति भएको बताए। साउदी अरेबियाका कप्तान वाजी उल हसनले यो आफ्नो देशको क्रिकेट इतिहासमा ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्दै पहिलो आईसीसी प्रतियोगिताको उपाधि जित्नु टोलीको मेहनत र समर्पणको प्रतिफल भएको बताए।

मलेसियाको क्वालालम्पुरस्थित बायोमास ओभल, यूकेएम ओभल र एसटीसी ओभलमा दुई फरक प्रतियोगिताअन्तर्गत १३ टोलीले ३६ खेल खेलेका थिए। अब क्षेत्रीय फाइनलबाट सन् २०२८ को आईसीसी पुरुष टी–२० विश्वकपको ग्लोबल छनोटमा सहभागी हुने टोली टुंगिनेछ। नेपालले भने सिधै ग्लोबल छनोटमा सहभागी हुनेछ।


Advertisementadv-800×200.png

सम्बन्धित खबर