Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

तेन्जिङको सरकारले दिएको पुरस्कारप्रति असन्तुष्टि, के हामीले कम स्तरको प्रतियोगिता खेलेका हौँ?

Advertisement800×200-1

तेन्जिङले खेलकुद नियमावली अनुसार पाउनुपर्ने पुरस्कार रकमको आधा (कर कटाएर) मात्र प्राप्त गरेपछि सरकारले दिएको पुरस्कारप्रति असन्तुष्टि व्यक्त गरेका छन्। एसियाडमा नेपाललाई कांस्य पदक दिलाएका कराते खेलाडी तेन्जिङ शर्पाले सरकारले दिएको पुरस्कार आधा मात्र पाएको भन्दै असन्तुष्टि जनाएका छन्। तेन्जिङले छनोट प्रक्रिया पूरा गरेर देशको प्रतिनिधित्व गर्दा पनि पदक विजेताबीच फरक व्यवहार गरिएको भन्दै सामाजिक सञ्जालमार्फत प्रश्न उठाएका छन्।

खेलकुद नियमावली अनुसार व्यक्तिगत कांस्य पदक विजेताले १३ लाख पाउने व्यवस्था भए पनि छनोटबिना पदक जित्ने खेलाडीलाई आधा मात्र पुरस्कार दिइने प्रावधान छ। २९ असोज, काठमाडौं। २०औं एसियन गेम्स (एसियाड) मा नेपाललाई कांस्य पदक दिलाएका करातेका तेन्जिङ शर्पाले सरकारले दिएको पुरस्कार रकमप्रति असन्तुष्टि जनाएका छन्। तेन्जिङले खेलकुद नियमावलीअनुसार पाउनुपर्ने पुरस्कारको आधा रकम (कर कटाएर) मात्र पाएको भन्दै सरकारसँग गुनासो गरेका छन्।

सामाजिक सञ्जालमार्फत उनले एउटै प्रतियोगितामा देशलाई पदक दिलाउने खेलाडीबीच फरक व्यवहार भएको उल्लेख गर्दै प्रश्न उठाएका छन्। ‘मैले कुनै वाइल्ड कार्डमार्फत वा छनोटबिना एसियन गेम्स खेलेको भए फरक हुन्थ्यो। तर मैले नेपालमा भएको छनोट प्रक्रिया पूरा गरेर, छनोट भइ देशको प्रतिनिधित्व गरेको हुँ। देशका लागि खेल्दा हाम्रो मेहनत, त्याग र जितको मूल्य किन फरक हुनुपर्छ?’ उनले प्रश्न गरेका छन्।

तेन्जिङले आफूलाई पैसाभन्दा पनि आफ्नो मेहनत र पदकको सही मूल्याङ्कन मागेको बताए। ‘नियम बनाउने र लागू गर्ने सम्बन्धित व्यक्तिहरूलाई मेरो विनम्र प्रश्न छ—के खेलाडीलाई यसरी छुट्याउनु उचित छ? एउटै प्रतियोगितामा खेल्ने, एउटै खेलकुद र एउटै झण्डामुनि खेल्ने, पदक जित्ने सपनासहितका खेलाडीलाई पुरस्कार दिन फरक दृष्टिकोण कत्तिको न्यायसंगत हो?’ उनले लेखेका छन्। पदकको सम्मान र मूल्याङ्कनबारे प्रश्न उठ्दा मन खिन्न भएको उनले बताए। ‘हामीले देशका लागि पदक जित्दा गर्व महसुस गरेका थियौं। आज त्यही पदकको सम्मान र मूल्याङ्कनबारे प्रश्न उठ्नु मन अलि खिन्न बनायो,’ उनले लेखेका छन्, ‘आशा छ सम्बन्धित निकायले मेरो भावनालाई बुझेर उचित निर्णय लिनेछन्।’

जापानको आइची-नागोयामा सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म सम्पन्न २०औं एसियाडमा नेपालका करातेका तेन्जिङ शेर्पा र महिला कबड्डी टोलीले कांस्य पदक जितेका थिए। खेलकुद नियमावली अनुसार व्यक्तिगत कांस्य पदक विजेताले १३ लाख रुपैयाँ पाउने व्यवस्था छ। तर छनोटबिना पदक जित्ने खेलाडीले आधा रकम मात्र पाउने प्रावधानले तेन्जिङले तोकिएकोभन्दा कम पुरस्कार पाएका छन्। समूह खेलतर्फ पदक जितेका कबड्डी टोलीका प्रत्येक खेलाडीले ३ लाख ९० हजार पाउनु पर्नेमा त्यसको आधा मात्र पुरस्कार पाएका छन्। यसपटक सरकारले एसियाड पदक विजेतालाई चाँडै पुरस्कार रकम जम्मा गराए पनि खेलाडीहरू आन्तरिक रूपमा पुरस्कारार्जनमा सन्तुष्ट देखिएका छैनन्।


Advertisementadv-800×200.png

सम्बन्धित खबर