Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

रिलायन्सले इलन मस्कलाई जवाफ दियो- हामी प्रतिस्पर्धाबाट कहिल्यै डराउँदैनौं

Advertisement800×200-1

अमेरिकाका प्रख्यात व्यवसायी इलन मस्कले भारतमा स्टारलिंकको प्रवेशमा अवरोध आएको आरोप लगाएका छन्। उनले मुकेश अम्बानीलाई व्यंग्य गर्दै ‘प्रधानमन्त्री अम्बानी’ को रूपमा उल्लेख गरेका छन्। मस्कले भारतमा स्टारलिंकलाई निष्पक्ष प्रतिस्पर्धाको अवसर दिइने छैन कि भन्ने प्रश्न उठाएका छन्। यसपछि रिलायन्स इन्डस्ट्रिजले शुक्रबार आफ्नो आधिकारिक वक्तव्य जारी गर्दै पक्ष स्पष्ट पारेको छ।

रिलायन्सले आफूहरू कहिल्यै प्रतिस्पर्धाबाट डराउने पक्षमा नभएको बताएको छ। कम्पनीले स्पष्ट पारेको छ, ‘हरेक भारतीय कम्पनीको जस्तै, रिलायन्स पनि त्यस्तो देशमा अगाडि बढेको छ जहाँ स्वदेशी र विदेशी लगानीसँगै नयाँ विचारहरूलाई स्वागत गरिन्छ, विशेष गरी ती कामहरूमा जसले मानिसहरूको जीवनस्तर सुधार गर्छ।’ रिलायन्सले थप भन्यो, ‘यो स्वतन्त्रता कानुनका नियमहरूमा आधारित छ। भारत सरकारले स्पष्ट पारिसकेको छ कि आवेदन दिने प्रत्येक व्यक्तिको लागि समान प्रक्रिया अपनाइनेछ, चाहे उनी भारतीय हुन् वा विदेशी। जियोका आफ्नै स्याटेलाइट सेवाहरूका लागि पनि अनुमति प्राप्त गर्न बाँकी छ।’

कम्पनीका अनुसार, रिलायन्सले कहिल्यै प्रतिस्पर्धाबाट डर महसुस गरेको छैन। ग्राहकलाई सबैभन्दा उत्कृष्ट सेवा दिने जिम्मेवारीलाई कम्पनीले मुख्य मापदण्ड मान्छ। अम्बानीका अनुसार, जियोले सन् २०१६ मा भारतको टेलिकम बजारमा प्रवेश गरेको थियो। त्यो बेला जियोसँग एक जना ग्राहकसम्म थिएन। १० वर्षको अवधिमा जियोले ५३ करोडभन्दा बढी ग्राहकहरूको विश्वास जितेको छ। जियोले भारतीयहरूलाई विश्वकै उत्कृष्ट डिजिटल संरचना र सबैभन्दा सस्तो डाटा उपलब्ध गराएको छ। रिलायन्सले स्टारलिंकसहित स्याटेलाइट सञ्चार क्षेत्रमा कडा प्रतिस्पर्धालाई स्वागत गर्ने बताएको छ।


Advertisementadv-800×200.png

सम्बन्धित खबर