गत भदौ महिनामा आएको विनाशकारी बाढीका कारण रसुवा र नुवाकोटसहितका जिल्लामा हजारौं विद्यार्थीहरूको पढाइमा ठूलो असर परेको छ। विशेषगरी राष्ट्रिय बोर्ड परीक्षाको तयारीमा रहेका एसईई र १०+२ तहका विद्यार्थीहरू यस समस्याबाट बढी प्रभावित भएका छन्।
यस्तै संकटको समयमा, बाढीपछिको पुनः सञ्चालनमा आएका विद्यालयहरूले विद्यार्थीहरूको परीक्षा तयारीलाई कसरी अगाडि बढाइरहेका छन् र उनीहरूको शैक्षिक भविष्य सुनिश्चित गर्न कस्तो सहयोग पुर्याइरहेका छन्? यस सम्बन्धमा मनिका विश्वकर्माले रसुवा माध्यमिक विद्यालयका प्रधानाध्यापक तेम्पा रिसाङ घलेसँग कुराकानी गरेकी छन्।