

बाढीबाट विस्थापितलाई पुनर्वास गर्ने क्रमिक योजना तर्जुमा


अस्थायी शिविरबाट डेरा र त्यसपछि छिट्टै घरमा: बाढीबाट विस्थापित मानिसहरूको पुनर्वासका लागि बेलामा योजना सार्वजनिक गरिएको छ। गत भदौ महिनामा भोटेकोशी र तल त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण हजारौँ मानिसहरू घरबारविहीन बनेका छन्। अहिले तिनीहरू अस्थायी शिविरमा बस्न बाध्य छन्। लक्षित समुदायलाई पुनःस्थापनाको निम्ति केही स्थानीय सरकारहरूले ‘शेल्टर टु रूम, रूम टु होम’ भन्ने नारा दिएर अस्थायी आश्रयस्थलबाट डेरा, अनि क्रमशः स्थायी घरमा स्थानान्तरण गर्ने उद्देश्यसहित काम गरिरहेका छन्।
पहिलो चरणमा शेल्टरमा रहेका धेरैलाई शिविरबाट डेरामा सार्ने कार्य सुरु भइसकेको छ भनी स्थानीय निकायका अधिकारीहरूले जनाएका छन्। यसै सन्दर्भमा बाढीबाट गम्भीर प्रभावित नुवाकोट जिल्लाको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठसँग “बीबीसी हातेमालो”का लागि निरंजन राजवंशीले अन्तर्वार्ता गरेका छन्।

सम्बन्धित खबर









