Skip to main content
Advertisement1200×100-inside-1

बाढी प्रभावितहरुलाई पुनर्वासका लागि क्रमिक योजना तयार

अस्थायी शिविरदेखि डेरा र अन्ततः स्थायी आवासतर्फ: बाढीले विस्थापित मानिसहरूको पुनर्वासका लागि समयमै योजना सार्वजनिक गरिएको छ। गत भदौ महिनामा भोटेकोशी र तल त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण हजारौं गाउँले घरबारविहीन भएका छन्। अहिले ती सबै अस्थायी शिविरमा बस्न बाध्य छन्। लक्षित समुदायलाई पुनर्स्थापनाको लागि केही स्थानीय सरकारहरूले ‘शेल्टर टु रुम, रुम टु होम’ नारा लिएर अस्थायी आश्रयबाट डेरा र पछि दीर्घकालीन घरमा स्थानान्तरण गर्ने कार्य गर्दैछन्।

पहिलो चरणमा शेल्टरमा रहेका धेरै प्रभावितलाई शिविरबाट डेरामा सार्ने काम सुरु भइसकेको छ भनी स्थानीय निकायका अधिकारीहरूले बताएका छन्। यसै सन्दर्भमा बाढीबाट अत्यधिक प्रभावित नुवाकोट जिल्लाको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठसँग “बीबीसी हातेमालो”का लागि निरंजन राजवंशीले गरेको अन्तर्वार्ता प्रस्तुत गरिएको छ।

Advertisement1200×100-inside-1

featured, special