Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

कर्णालीका शुभ कंसकारको स्थानमा शिवम तिवारीलाई समावेश गरियो

Advertisement800×200-1

कर्णाली याक्सले शुभ कंसकारको हातमा चोट लागेपछि उनलाई प्रतिस्थापन गर्दै आगामी नेपाल प्रिमियर लिगका लागि शिवम तिवारीलाई टिममा समावेश गरेको छ। शिवमले गत प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशको प्रतिनिधित्व गरेका थिए र उनी भक्तपुरका खेलाडी हुन्।

कर्णाली याक्सले आगामी नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि शुभ कंसकारको स्थानमा शिवम तिवारीलाई प्रतिस्थापन गरेको जानकारी दिएको छ। कर्णाली याक्सको घरेलु खेलाडीमा मार्की सोमपाल कामी, गुल्शन झा, नन्दन यादव, विपिन शर्मा, युनिस विक्रम सिंह, दीपेन्द्र रावत, पवन सरार्फ, युवराज खत्री, दीपक डुम्रे, सुर्य तामाङ, दिवान पुन, शिवम तिवारी र सचिन शर्मा रहेका छन्।

विदेशी खेलाडीहरूमध्ये दक्षिण अफ्रिकाका स्टार क्रिकेटर डेविड मिलर, पाकिस्तान ट्वान्टी २० क्रिकेट टिमका कप्तान साहिवजादा फर्हान, पाकिस्तानका अलराउन्डर हुसैन तलात, स्कटल्यान्डका अलराउन्डर मार्क वाट, बंगलादेशका खेलाडीद्वय अरिफुल इस्लाम र अकबर अली पनि अनुबन्ध भएका छन्।


Advertisementadv-800×200.png

सम्बन्धित खबर