Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

पब्जी मोबाइल ग्लोबल ओपनमा होरा ईस्पोर्ट्स चौथो स्थानमा, वुल्भ्सले जित्यो उपाधि

Advertisement800×200-1

पाकिस्तानमा सम्पन्न पब्जी मोबाइल ग्लोबल ओपनको उपाधि अमेरिकाको वुल्भ्स ईस्पोर्ट्सले जितेको छ। नेपालको होरा ईस्पोर्ट्स चौथो स्थानमा रह्यो, जबकि टीटूके सर्भाइभल स्टेजबाट बाहिरिएको छ। होराले पहिलो दिन ५७ अंक जोडेर म्याच पोइन्ट ६७ कटाए पनि अन्तिमसम्म चिकेन डिनर जित्न सकेन। ७ कात्तिक, काठमाडौं।

फाइनलको पहिलो दिन शनिबार शीर्षस्थानमा रहेको होराले आइतबार केही खेलमा उत्कृष्ट प्रदर्शन गरे तापनि उपाधि भने जित्न सकेन। फाइनलको पहिलो दिन होरा ईस्पोर्ट्सले ६ खेलमा एक चिकेन डिनरसहित ५७ अंक जोडेको थियो। त्यसपछि म्याच पोइन्ट ६७ तय भएको थियो। ६७ अंक कटाउने टिमले त्यसपछिका जुनसुकै खेलमा चिकेन डिनर जितेमा उपाधि पक्का हुने प्रावधान थियो।

प्रतियोगिताको उपाधि विजेता टुङ्गो लाग्न भने १२औं खेलसम्म कुर्नुपरेको थियो। १२औं खेलमा पुग्दासम्म होरासहित १० टोलीले ६७ अंकको थ्रेसहोल्ड कटाएर उपाधि जित्न योग्य भएका थिए। १२औं खेलमा पुगेर वुल्भ्स ईस्पोर्ट्सले चिकेन डिनर जित्दै उपाधि जित्न सफल भयो। वुल्भ्सले ११औं खेलमा मात्र म्याच पोइन्ट कटाएर उपाधिका लागि योग्य भएको थियो।


Advertisementadv-800×200.png

सम्बन्धित खबर