Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

प्रधानमन्त्री बालेन शाहले नेपाल प्रिमियर लिगलाई शुभकामना व्यक्त गरे

Advertisement800×200-1

प्रधानमन्त्री बालेन शाहले आजदेखि सुरु भएको नेपाल प्रिमियर लिगलाई नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता भन्दै नेपाली क्रिकेटलाई शुभकामना दिएका छन्। उनले एनपीएलमा सहभागी अन्तर्राष्ट्रिय खेलाडी र कमेन्टेटरलाई स्वागत गर्दै नेपाली खेलाडी, आयोजक र नेपाल क्रिकेट संघ (क्यान) लाई पनि शुभकामना दिएका छन्। एनपीएलको तेस्रो संस्करण आजदेखि सुरु भएर मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ।

९ कात्तिक, काठमाडौं। प्रधानमन्त्री बालेन शाहले नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुन लागेको अवसरमा नेपाली क्रिकेटलाई शुभकामना दिएका छन्। उनले एनपीएल केही वर्षमै नेपालको ठूलो खेलकुद उत्सवका रूपमा विकास भएको उल्लेख गर्दै प्रतियोगितामा सहभागी हुने अन्तर्राष्ट्रिय खेलाडी, कमेन्टेटर, नेपाली खेलाडी, आयोजक र क्यानलाई शुभकामना दिएका छन्।

‘नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता एनपीएल आजदेखि सुरु हुँदैछ। केही वर्षमै यो ठूलो खेलकुद उत्सवका रूपमा विकास भएको छ। लिगमा सहभागी हुन आएका सबै अन्तर्राष्ट्रिय खेलाडी र कमेन्टेटरलाई हार्दिक स्वागत छ। नेपाली खेलाडी, आयोजक र क्यानलाई यो सुन्दर प्रतियोगिताका लागि शुभकामना। नेपाली क्रिकेट अमर रहोस्’ उनले भनेका छन्।

एनपीएलको तेस्रो संस्करण आजदेखि सुरु भएर मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ।


Advertisementadv-800×200.png

सम्बन्धित खबर