Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

श्रीलङ्कासम्मको समुद्रमा बिरामी भएका ४० इरानी नाविकको उद्धार सम्पन्न

Advertisement800×200-1

श्रीलङ्काको विदेश मन्त्रालयले दक्षिणपूर्वी तट नजिकैको अन्तर्राष्ट्रिय जलक्षेत्रमा स्वास्थ्य सम्बन्धी अज्ञात समस्यामा परेका ४० इरानी नाविकहरूको उपचार र स्वदेश फिर्तीको लागि समन्वय गरेको जानकारी दिएको छ। उक्त मन्त्रालयका प्रवक्ता तुषार रोड्रिगोले बीबीसी सिन्हालालाई जानकारी दिँदै उल्लेख गरे कि श्रीलङ्काली अधिकारीहरूले इरानी जहाजहरूबाट आएको ‘डिस्ट्रेस कल’ अर्थात् आपतकालीन सुरक्षा सूचक प्राप्त गरेका थिए, जसले तत्काल औषधोपचार आवश्यक भएको सूचित गरिरहेको थियो। उद्धारको योजना कोलम्बोस्थित इरानी दूतावासले तयार पारेको थियो।

अमेरिकी जलसेनाको नाकाबन्दीका कारण धेरै इरानी पानीजहाजहरू समुद्रमा अलपत्र परेका छन्। श्रीलङ्काले हाल जारी द्वन्द्वमा तटस्थता जनाएको छ तर अन्तर्राष्ट्रिय कानुनअन्तर्गत बेलाबेलामा इरानी नाविकहरूलाई सहयोग गर्दै आएको बताइएको छ। गत महिना बीबीसी सिन्हालाको रिपोर्ट अनुसार श्रीलङ्कासम्मको अन्तर्राष्ट्रिय जलक्षेत्रमा २१ वटा इरानी जहाजहरू रहेका थिए। उद्धार गरिएका ४० नाविकहरू विभिन्न जहाजमा कार्यरत थिए, यद्यपि उनीहरू कुन कुन जहाजमा थिए भन्ने जानकारी रोड्रिगोले उपस्थित गरेका छैनन्।

उनीहरूले बिरामी भएका नाविकहरूलाई पहिले श्रीलङ्काली भूमिमा ल्याइ, शनिबार राति विमानमार्फत् इरान पठाउनु अघि औषधोपचारका लागि कोलम्बोमा उपचार गरिएको थियो। उद्धार कार्यमा स्थानीय शिपिङ कम्पनी र अन्य निकायहरू संलग्न रहेका थिए। रोड्रिगोका अनुसार स्वास्थ्य आपतकालिन अवस्थाको कारण श्रीलङ्काले अन्तर्राष्ट्रिय कानुन र मानवीय आधारमा आवश्यक सुविधा उपलब्ध गराएको हो। उनले भने, “यसको अर्थ हामी ती जहाजहरूलाई सहयोग गर्छौँ भन्ने होइन। डिस्ट्रेस कल (सङ्कटसूचक सङ्केत) प्राप्त भएपछि यसको जवाफ दिनु अन्तर्राष्ट्रिय रूपमा स्वीकार्य परम्परा हो।”


Advertisementadv-800×200.png

सम्बन्धित खबर