

पोखरा एभेन्जर्सले पोखरा र भक्तपुरमा फ्यान पार्क सञ्चालन सुरु गर्यो


पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका खेलहरु प्रत्यक्ष हेर्नका लागि पोखरा र भक्तपुरमा आधिकारिक फ्यान पार्क संचालनमा ल्याएको छ। पोखराको हल्लनचोकस्थित क्याम्पिड चौर र भक्तपुरको सल्लाघारीस्थित नेवा ननीमा रहेका यी फ्यान पार्कहरुमा सोमबारदेखि प्रतियोगिताका खेलहरु प्रत्यक्ष हेर्न सकिनेछन्। उद्घाटनको दिन दुवै स्थानमा समर्थकहरुलाई निःशुल्क प्रवेश व्यवस्था गरिएको छ, त्यसपछि प्रवेश कुपनमार्फत नै हुनेछ।
फ्यान पार्कमा नेपाल प्रिमियर लिगका सबै खेलहरु ठूलो एलईडी स्क्रिनमा प्रत्यक्ष प्रसारण गरिनेछ। समर्थकहरुले सामूहिक रूपमा खेल हेर्नुका साथै संगीत, खानपान, विभिन्न खेल गतिविधिहरू र पारिवारिक क्षेत्रसमेतको सुविधा प्राप्त गर्नेछन्। उद्घाटन दिवसपछि फ्यान पार्कमा प्रवेश गर्न एक्सपेरियन्स कुपनको व्यवस्था गरिएको छ। कुपन प्राप्त गर्न कम्तीमा ४९९ रुपैयाँ बराबरको खरिद आवश्यक हुनेछ।
समर्थकहरुले fanpark.thuprai.com मार्फत प्रवेश बुक गर्न सक्नेछन् भने एकजनाले एउटै अर्डरमा अधिकतम १० वटा प्रवेश बुक गर्न पाउनेछन्। पोखरा एभेन्जर्सको सदस्यता लिन इच्छुक समर्थकहरुले store.pokharaavengers.com मा गएर प्रक्रिया पूरा गर्न सक्ने छन्। टोलीको आधिकारिक एपमार्फत खेल तालिका, लाइभ स्कोर र खेल नतिजाको पूर्वानुमान गर्ने सुविधासमेत उपलब्ध छ। फ्यान पार्कले पोखरा र भक्तपुरका समर्थकहरुलाई एउटै स्थानमा भेला भएर नेपाल प्रिमियर लिगका खेल हेर्न र आफ्नो टोलीलाई समर्थन गर्ने अवसर प्रदान गरेको पोखरा एभेन्जर्सले जनाएको छ।

सम्बन्धित खबर









