नाजी तानाशाह हिटलरले प्रयोग गरेको ‘ईगल्स नेस्ट’ नामक एक ऐतिहासिक भवनमा आगलागी भएको छ। शुक्रबार राति भएको उक्त घटनापछि दक्षिण जर्मनीको बाभेरियाका प्रहरीले ३३ वर्षे एक जर्मन नागरिकलाई नियन्त्रणमा लिएको छ। हिटलर र उनका नजिकका सहयोगीहरूले दोस्रो विश्वयुद्धको समयमा अल्पाइन पर्वतशृङ्खलामा रहेको उक्त भवनलाई विश्राम स्थलको रूपमा प्रयोग गरेका थिए।
आफूलाई पशुप्रेमी र प्रकृतिप्रेमीको रूपमा देखाउन र प्रचार गर्न हिटलरले बनाएका चलचित्रहरूको पृष्ठभूमिमा पनि उक्त भवन देखिएको छ।