Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

एनपीएल विशेष कभरेज: बलबाइ बल अपडेट र प्रत्यक्ष कमेन्ट्रीसहित सुरु

Advertisement800×200-1

आजदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै अनलाइनखबरले बलबाइ बल अपडेट, प्रत्यक्ष कमेन्ट्री, प्रत्यक्ष स्कोरकार्ड र खेल विश्लेषणसहित विशेष कभरेज सुरु गरेको छ। एनपीएलका लागि बलबाइ बल अपडेट, प्रत्यक्ष कमेन्ट्री, प्रत्यक्ष स्कोरकार्ड र खेल विश्लेषणसहित ‘NPL LIVE’ पोर्टल सञ्चालनमा आएको छ। पोर्टलमा आठै टोलीको विवरण, खेलाडी परिचय, तथ्यांक र दैनिक ‘NPL BUZZ कार्यक्रम’ समावेश गरिनेछ। ९ कात्तिक, काठमाडौं।

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ। प्रतियोगितालाई लक्षित गर्दै अनलाइनखबरले बलबाइ बल अपडेट, प्रत्यक्ष कमेन्ट्री, प्रत्यक्ष स्कोरकार्ड र खेल विश्लेषणसहित विशेष कभरेज सुरु गरेको छ। यसपटक पनि अनलाइनखबरले एनपीएल विशेष डिजिटल पोर्टल ‘NPL LIVE’ सञ्चालनमा ल्याएको छ। यस पोर्टलबाट पाठकले प्रतियोगिताका खेलहरूको बलबाइ बल अपडेट, प्रत्यक्ष कमेन्ट्री, प्रत्यक्ष स्कोरकार्ड तथा विज्ञहरुको विश्लेषण समेत प्राप्त गर्न सक्नेछन्।

क्रिकेट प्रतियोगिता विवरण अनलाइनखबरको टोलीले मैदानबाटै खेलको प्रत्यक्ष अपडेट, रियल टाइम तस्वीर र अन्य सामग्री उपलब्ध गराउनेछ। पोर्टलमा एनपीएलका आठवटै टोलीको विस्तृत विवरण, खेलाडी परिचय, करियर तथ्यांक र व्यक्तिगत रेकर्ड पनि समावेश गरिनेछ। प्रतियोगिताभर अनलाइनखबरले दैनिक ‘NPL BUZZ’ कार्यक्रम पनि प्रस्तुत गर्नेछ। यस कार्यक्रममा खेलअघि प्रिम्याच विश्लेषण र खेलपछि पोस्टम्याच समीक्षा गरिनेछ।

विशेष कभरेजमा दर्शक सहभागितालाई पनि प्राथमिकता दिइएको छ। पाठक तथा दर्शकले खेलसम्बन्धी आफ्ना धारणा व्यक्त गर्न, खेलाडी प्रदर्शनको समीक्षा गर्न र विभिन्न अन्तरक्रियात्मक उपकरणमार्फत प्रतियोगितामा सक्रिय सहभागी हुन सक्नेछन्। प्रत्यक्ष अपडेट, तथ्यांक, विश्लेषण र दर्शक सहभागितालाई एउटै ठाउँमा समेट्दै अनलाइनखबरले एनपीएलको तेस्रो संस्करणलाई क्रिकेटप्रेमीमाझ थप रोचक र अन्तरक्रियात्मक बनाउने लक्ष्य राखेको छ। एनपीएल विशेष पोर्टलको टाइटल स्पोन्सर रेडबुल इनर्जी ड्रिंक्स रहेको छ।


Advertisementadv-800×200.png

सम्बन्धित खबर