Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

सुदूरपश्चिमले ९ विकेट गुमायो, ऐरी र धामी पनि पवेलियन फर्किए

Advertisement800×200-1

१३औं ओभरको खेल जारी रहँदा साविक विजेता लुम्बिनी लायन्सले साबिक उपविजेता सुदूरपश्चिमको ९ विकेट लिएको छ। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गतको उद्घाटन खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सका ९ विकेट लिए। किशोर महतोले दीपेन्द्र सिंह ऐरी र हेमन्त धामीलाई आउट गर्दै सुदूरपश्चिमलाई थप दबाबमा पारेका छन्। सुदूरपश्चिम रोयल्सले ९ विकेट गुमाउँदै ५६ रनमा संघर्ष गरिरहेको छ। ९ कात्तिक, काठमाडौं।

खेलको १२.३ र १२.४ ओभरमा किशोर महतोले क्रमशः रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरी र हेमन्त धामीलाई पवेलियनको बाटो देखाएका छन्। यसअघि १० औं ओभरमा शेर मल्लले दुई विकेट लिए। उनले सातौं विकेटको रूपमा स्कट कुगेलेइनलाई एलबीडब्ल्यू आउट गराएका थिए। अंपायरले आउट नदिएपछि लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले रिभ्यू लिए। बल पिचिङ आउटसाइड अफ, इम्प्याक्ट इन लाइन, विकेट्स हिटिङ देखिएको थियो।

सुदूरपश्चिम रोयल्सले ९.२ ओभरमा लुम्बिनी लायन्सका शेर मल्लको बलमा शेरफन रदरफोर्ड गुमायो। रदरफोर्डले ठूलो शट खेल्ने प्रयास गर्दा बल माथि मात्र गएर असफल भए। लङ अनमा आसिफ शेखले क्याच लिएका थिए। अहिले सुदूरपश्चिम ५६ रनमा संघर्ष गरिरहेको छ। यसअघि सुदूरपश्चिम रोयल्सले इशान पाण्डेलाई पाँचौं विकेटका रूपमा गुमाएको थियो। उनलाई साविक विजेता लुम्बिनी लायन्सका तिलकराज भण्डारीले पवेलियन फर्काएका थिए। भण्डारीको बलमा कप्तान रोहित पौडेलले क्याच लिएर पाण्डेलाई आउट गरेका थिए।

लुम्बिनीका शेर मल्लले ३.१ ओभरमा ओपनर सुदूरपश्चिमका ब्याट्सम्यान विनोद भण्डारीलाई पवेलियन फर्काएका थिए। त्यसपछि आरिफ शेख एक ओभर पनि खेलेर रन जोड्न नपाउँदै पवेलियन फर्किए। आरिफलाई लुम्बिनीका किशोर महतोले आउट गरेका थिए। किशोरले नै सुदूरपश्चिमका लागि खेलिरहेका ब्रान्डन म्याकमुलेनलाई बोल्ड गरेका थिए। ब्रान्डन ४.४ ओभरमा पवेलियन फर्केका थिए, उनी दुई बल खेलेर दुई रन बनाएका थिए। सुदूरपश्चिमले सैफ अली जैबलाई चौथो विकेटका रूपमा गुमाएको थियो।


Advertisementadv-800×200.png

सम्बन्धित खबर