Skip to main content

आजदेखि ऊर्जा मन्त्रालयमा प्लास्टिकजन्य सामग्रीको प्रयोगमा पूर्ण प्रतिबन्ध लगाइयो

१७ चैत, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आजदेखि प्लास्टिकजन्य सामग्रीको प्रयोगमा पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ। वातावरण संरक्षण, स्वच्छता प्रवर्द्धन र दिगो विकासप्रतिको कडा प्रतिबद्धतालाई व्यवहारमा उतार्न मन्त्रालयले यो कदम उठाएको जनाएको छ। प्लास्टिकजन्य सामग्रीको अत्यधिक प्रयोगले वातावरणमा पर्ने नकारात्मक प्रभावलाई कम गर्ने र वैकल्पिक, वातावरणमैत्री सामग्रीको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको सचिवालयले यो कदम рейएको हो। मन्त्रालयले यो निर्णयले सम्पूर्ण सरकारी निकाय तथा सरोकारवाला पक्षहरूलाई पनि सकारात्मक सन्देश दिन्छ भन्ने विश्वास लिएको जनाएको छ। मन्त्री श्रेष्ठले आगामी दिनमा यसको प्रभावकारी कार्यान्वयनका लागि सबैको सहकार्य अपेक्षा गरेको बताएका छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ