
नेकपा एमालेको सचिवालय बैठक १७ चैतमा पार्टी कार्यालय च्यासलमा जारी छ। सचिवालय बैठकमा पार्टीका आगामी कार्यक्रम र संसदीय दलको नेता चयनबारे छलफल भइरहेको छ। संसदीय दलको नेता चयनका लागि पहिलो बैठक १९ चैत दिउँसो २ बजे बोलाइएको छ। १७ चैत, काठमाडौं। नेकपा एमालेको सचिवालय बैठक भइरहेको छ। जेएनयू आन्दोलनमा दमन गरेको आरोपमा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि यो दोस्रोपटक एमालेको सचिवालय बैठक बसेको हो। गत शनिबार ओली पक्राउ परेका दिन उपाध्यक्ष रामबहादुर थापा बादलको अध्यक्षतामा बसेको सचिवालय बैठकले विरोधका कार्यक्रमहरू तय गरेको थियो। पार्टी कार्यालय च्यासलमा आज जारी बैठकमा पार्टीका आगामी कार्यक्रमहरूबारे छलफल भइरहेको एक नेताले जानकारी दिएका छन्। संसदीय दलको नेता चयनसम्बन्धमा पनि बैठकमा छलफल भइरहेको जनाइएको छ। गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित सांसदहरूको पहिलो बैठक १९ चैत दिउँसो २ बजेका लागि बोलाइएकोले एमाले संसदीय दलको नेता चयनको तयारी भइरहेको छ।






