Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

नेपालको खेल पर्यटन र अन्तर्राष्ट्रिय पहिचान वृद्धिमा एनपीएल बलियो आधार: मन्त्री पोखरेल

Advertisement800×200-1

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपाल प्रिमियर लिग (एनपीएल) लाई नेपालको खेल पर्यटन र अन्तर्राष्ट्रिय पहिचान बढाउन एउटा बलियो आधारको रूपमा लिएको बताएका छन्। उद्घाटन समारोहमा दर्शकहरूको उत्साहले नेपाली खेलकुदको सम्भावना र उज्जवल भविष्यप्रति आशा जगाएको मन्त्री पोखरेलले उल्लेख गरेका छन्। ९ कात्तिक, काठमाडौं। मन्त्री पोखरेलले एनपीएलको तेस्रो संस्करणको उद्घाटन समारोहपछि प्रतिक्रिया दिँदै ‘हिमालयको महोत्सव’ भनेर चिनिने एनपीएलले अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान अझ मजबुत बनाउने विश्वास व्यक्त गरे।

उद्घाटन समारोहमा दर्शकहरूले देखाएको उमङ्गले नेपाली खेलकुदको सम्भावना र उज्जवल भविष्यको प्रतीक प्रस्तुत गरेको उनले बताए। उनले भने, “खेलप्रेमीहरूको समर्थनलाई नेपाली खेल क्षेत्रको विकास र अन्तर्राष्ट्रिय मान्यतासँग जोड्ने महत्वपूर्ण अवसर हो।”

प्रतियोगितामा भाग लिन नेपाल आएका विदेशी खेलाडी, कमेन्टेटर र अतिथिलाई स्वागत गर्दै मन्त्री पोखरेलले उनीहरूले नेपाली क्रिकेटसँगै नेपालको सांस्कृतिक सम्पदा, प्राकृतिक सौन्दर्यता र अतिथि सत्कार अनुभव गरी लैजाने अपेक्षा व्यक्त गरे। उनले प्रतियोगितामा सहभागी सबै टोली र खेलाडीहरूलाई उत्कृष्ठ र रोमाञ्चक प्रदर्शनका लागि शुभकामना व्यक्त गरेका छन्।


Advertisementadv-800×200.png

सम्बन्धित खबर