Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

लुम्बिनीले सुदूरपश्चिममाथि ७ विकेटले चम्किलो जित हासिल गर्‍यो

Advertisement800×200-1

त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटको फराकिलो अन्तरले पराजित गरेको छ। एनपीएल तेस्रो संस्करणको पहिलो खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिमले राखेको ८८ रनको लक्ष्य ९ ओभर ५ बलमा ३ विकेट गुमाएर पुरा गर्‍यो। लुम्बिनीको जितमा ओपनर डार्सी सर्टले ४० रन बनाए, जसमा उनले १८ बलमा ४ चौका र ३ छक्का प्रहार गरेका थिए। उनले आसिफ शेखसँग पहिलो विकेटका लागि ७१ रनको मजबूत साझेदारी गरे, जहाँ आसिफले ३२ रन योगदान दिए। निरोशन डिक्वेलाले ७ रनमा बोल्ड भएर आउट भए भने शमिम हुसेन १ र कप्तान रोहित पौडेल ५ रनमा अविजित रहे।

सुदूरपश्चिमले पहिलो ब्याटिङ गर्दै १७ ओभर २ बलमा ८७ रनमा अलआउट भएको थियो। लुम्बिनीका शेर मल्ल र किशोर महतोले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै क्रमशः ३ र ४ विकेट लिए। कप्तान रोहित पौडेल, तिलकराज भण्डारी र शाड्ली भान शाकवाइकले समान रूपले एक-एक विकेट लिए। सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले २७ रन बनाए।

नेपालमा पहिलो पटक लागू गरिएको डिसिजन रिभ्यु सिस्टम (डीआरएस) को प्रयोग लुम्बिनीले गर्‍यो। दोस्रो ओभरको अन्तिम बलमा लुम्बिनीका शेर मल्लले एलबीडब्ल्यू अपिल गरेका थिए, तर अम्पायरले आउट नदिएपछि कप्तान रोहित पौडेलले डीआरएस लिए, जुन सफल भएन। मंगलबार एनपीएलका दुई खेल हुनेछन्। दिउँसो साढे १२ बजे विराटनगर किंग्स र चितवन राइनोजबीच पहिलो खेल सम्पन्न हुनेछ।


Advertisementadv-800×200.png

सम्बन्धित खबर