गत भदौ महिनामा तिब्बत हुँदै नेपालका भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले पर्यटन उद्योगमा गम्भीर असर पारेको छ। लाङ्टाङ राष्ट्रिय निकुञ्ज, गोसाईँकुण्ड र कैलास-मानसरोवर जाने मुख्य सडक बाढीले बगाएपछि उक्त क्षेत्रमा मुख्य ‘सीजन’मा पर्यटकहरूको आगमनमा अवरोध आएको छ।
यद्यपि, नुवाकोट र रसुवाको पर्यटनलाई जोगाउने प्रयास बाढीपछि तुरुन्तै सुरु गरिएको जानकारी प्राप्त भएको छ। यस सन्दर्भमा ‘बीबीसी हातेमालो’का लागि निरञ्जन राजवंशीले नेपाल पर्यटन बोर्डका प्रवक्ता सुनील शर्मासँग कुराकानी गरेका छन्।