मेलानिआ ट्रम्पले गराएको छोटो सङ्घर्षविरामपछि युक्रेनी परिवारहरूको पुनर्मिलन भएको छ। रुसी नियन्त्रणमा रहेको ओलिश्की सहरबाट सयौँ मानिसहरू अन्यत्र गएका छन् र उनीहरूको परिवारसँग पुनर्मिलन भएको छ। युद्धका कारण तहसनहस भएको उक्त सहरबाट बाहिरिन चाहने मानिसहरूलाई शनिवार चार घण्टाको समय दिइएको थियो।
संयुक्त राज्य अमेरिकाकी प्रथम महिला मेलानिआ ट्रम्प र पोप लिओको मध्यस्थतापछि अस्थायी तथा स्थानीय तहको सङ्घर्षविराम भएको थियो। सन् २०२२ मा रुसले पूर्ण स्तरको आक्रमण सुरु गरेयता उक्त दिन सबैभन्दा लामो समय र धेरै ठाउँमा लडाइँ रोकिएको थियो। तर सङ्घर्षविराम आइतवार नोभेम्बर १ मा टुङ्गियो।