Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

महिला, निरक्षर मानिस र ज्येष्ठ नागरिकसम्म पूर्वसूचना कसरी पुग्छ

Advertisement800×200-1

प्राकृतिक प्रकोपसहित ठूला विपद् आइपर्दा सम्बन्धित पूर्वसूचना र राहत वितरणका विषयमा थुप्रै सूचनाहरू प्रवाहित भइरहेका हुन्छन्। समयमै ती सूचनासम्मको पहुँच महत्त्वपूर्ण हुन्छ। सही सूचनाले प्रभावित स्थानमा रहेका मानिसहरूको ज्यान जोगाउन र पीडितहरूको व्यवस्थापनमा ठूलो भूमिका खेल्छ। यसका लागि सूचना सही तरिकाले सम्बन्धित मानिसहरूसम्म पुग्नुपर्छ।
गत भदौ महिनामा भोटेकोशी र तल त्रिशूली नदीमा विनाशकारी बाढी आएपछि प्रभावित क्षेत्रमा खासगरी महिला र ज्येष्ठ नागरिकहरूसम्म सूचना कत्तिको पुगेको छ भन्ने प्रश्न उठेको छ। साक्षर नभएका वा कुनै अवस्थाले सहज सूचना ग्रहण गर्न नसक्ने प्रभावितहरूका लागि के व्यवस्था गरिएको छ? यस विषयमा ‘बीबीसी हातेमालो’का लागि मनिका विश्वकर्माले रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी दीपेश रिजालसँग कुराकानी गरेकी छन्।


Advertisementadv-800×200.png

सम्बन्धित खबर