Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

दीपेन्द्रसिंह ऐरी छैटौं स्थानमा झरे

Advertisement800×200-1

आईसीसी टी-२०आई अलराउन्डर वरियतामा नेपाली कप्तान दीपेन्द्रसिंह ऐरी एक स्थान तल झर्दै छैटौंमा पुगेका छन्। उनको रेटिङ अंक २५५ यथावत् छ भने अजमतुल्लाह ओमरजाइ तीन स्थान उक्लँदै तेस्रोमा पुगेका छन्। जिम्बाबेका सिकन्दर राजा ३३१ अंकसहित शीर्ष स्थानमा यथावत् छन् भने पाकिस्तानका सायम अयुब दोस्रो स्थानमा कायम छन्। १८ कात्तिक, काठमाडौं। नेपाली टी-२०आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउन्डर वरियतामा एक स्थान खस्किएका छन्। आईसीसीले मंगलबारसम्मको अपडेट राखी बुधबार अध्यावधि गरेको नयाँ वरियता अनुसार दीपेन्द्र पाँचौंबाट छैटौंमा झरेका हुन्। उनका रेटिङ अंक २५५ कायमै छ। नेपाली पुरुष टोलीले गत अक्टोबरमा एसियन गेम्स खेलेपछि पछिल्लो समय टी-२०आई खेलेको छैन। दीपेन्द्रभन्दा तल रहेका अजमतुल्लाह ओमरजाइले भर्खरै जिम्बाबेसँगको टी-२०आई शृङ्खलामा खेलेका थिए। त्यहाँ गरेको प्रदर्शनका आधारमा ३ स्थान माथि उक्लँदै ओमरजाइ तेस्रोमा उक्लिएकाले दीपेन्द्र तल झरेका हुन्। अलराउण्डर वरियताको शीर्ष स्थानमा जिम्बाबेका सिकन्दर राजा यथावत् छन्। उनको रेटिङ अंक ३३१ पुगेको छ। दोस्रो स्थानमा पाकिस्तानका सायम अयुब नै कायम छन्। चौथोमा रस्टन चेज र पाँचौंमा विल ज्याक्स छन्।


Advertisementadv-800×200.png

सम्बन्धित खबर