Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

यु-१९ एसिया कप क्रिकेट आजदेखि सुरु, नेपालले भोलि भारतसँग खेल्ने

Advertisement800×200-1

१९ कात्तिक, काठमाडौं । आजदेखि यु-१९ एसिया कप क्रिकेट प्रतियोगिता सुरु हुँदैछ। यो प्रतियोगिता ओमानको अल अमेरातमा आयोजना हुँदैछ र यही २८ गतेसम्म सञ्चालन हुनेछ। नेपाल समूह ‘ए’मा परेको छ र समूह चरणमा नेपालले २० कात्तिकमा भारत, २२ कात्तिकमा युनाइटेड अरब इमिरेट्स (युएई) र २४ कात्तिकमा पाकिस्तानसँग खेल्ने तालिका छ।

नेपालले विपिनप्रसाद शर्माको कप्तानीमा टोली घोषणा गरेको छ। टोलीमा निरजकुमार यादव, प्रसिद्ध जैशी, सोहेल कुँवर, दर्श सुनार, रोहित चन्द, निश्चल क्षेत्री, आशिष लुहार, रोशन शाही, सूर्यान्शु कोइराला, अभय यादव, सुशील रावल, नितेशकुमार पटेल, शुभम खनाल र सचिन भट्टले अवसर पाएका छन्। आज उद्घाटनको दिन दुई खेल हुँदैछन्, जसमा मलेसिया र श्रीलंकाबीच तथा अफगानिस्तान र बंगलादेशबीच बिहान पौने ११ बजेदेखि खेल सुरु हुनेछ।


Advertisementadv-800×200.png

सम्बन्धित खबर