Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

अमेरिका मध्यावधि निर्वाचन: ट्रम्पको शक्ति भित्र खुम्चिन सक्छ, तर विश्वमा के हुनेछ?

Advertisement800×200-1

डोनल्ड ट्रम्प अतिशयोक्तिपूर्ण दाबी गर्छन्। त्यही भएर अमेरिकी मतदाताको ठूलो हिस्साले उनलाई चखाएको विशाल पराजयमा राजनीतिक कर्मको झल्को देखिनु स्वाभाविक हो। तर उनको राजनीतिक यात्रा शान्त र सहज रूपमा हुने अपेक्षा नगर्दा हुन्छ। अमेरिकी कङ्ग्रेसका दुवै सदनमा नियन्त्रण गुमाएपछि स्वदेशमा आदेश दिने, राजनीतिक चलखेल गर्ने तथा प्रचलित मान्यताहरू बिथोल्ने उनको क्षमता सीमित हुने छ।

तर देशबाहिर भने अवस्था फरक हुन सक्ने देखिन्छ। संयुक्त राज्य अमेरिकाको राष्ट्रपति र सेनाको कमान्डर इन चीफको हैसियतमा अमेरिकाको सैन्य शक्ति प्रयोग गर्ने बृहत् शक्तिहरू उनकै हातमा छ। ट्रम्पका कदम र उनको बारम्बार फेरिने अडानबारे पूर्वानुमान गर्न सजिला छैन। राष्ट्रपतिका रूपमा उनले नीतिहरूमा ‘यूटर्न’ लिने गरेको पाइन्छ। यद्यपि कतिपय कुरा यस्ता छन् जुन स्थिर रहँदै आएका छन्। उनी आफूले हरुवा ठानेका व्यक्तिहरूलाई तिरस्कार गर्छन्। अनि उनी आफू हरुवाका रूपमा कहिल्यै देखिन चाहँदैनन्।

मध्यावधि निर्वाचनमा भोगेको ठूलो हारबाट ध्यान अन्यत्र मोड्नका लागि ट्रम्पले विदेशमा कुनै साहसिक कदम चाल्न सक्छन्। आफूलाई निर्णायक र शक्तिशाली राष्ट्रपतिका रूपमा प्रस्तुत गर्न उनले चुनावी पराजयपछि पनि आफू कमजोर नरहेको बरु जितिरहेको देखाउने गरी केही गर्न सक्छन्। सबै प्रमाणहरू प्रतिकूल रहे पनि ट्रम्पले मतपत्रमा आफू उम्मेदवार नभएकै कारण मात्र चुनावमा पराजित भएको बताइसकेका छन्।

इरान युद्धको सन्दर्भमा, अमेरिकी सैनिकहरूको परिचालन र ट्रम्पबाट निरन्तर आक्रामक अभिव्यक्ति आएसँगै अमेरिका पुनः इरानविरुद्ध लडाइँमा होमिन तयार रहेको चर्चा चुलिएको थियो। मतदानको अघिल्लो साँझ अमेरिकाले खाडी क्षेत्रमा रहेको एउटा इरानी टापुमा सीमित स्तरको बम हमला गरेको थियो। डेमोक्र्याटिक सीनेटर क्रिस मर्फीले इरानविरुद्ध फेरि सुरु हुने युद्धको सम्भावित सैन्य विकल्पबारेका गोप्य ब्रीफिङमा सहभागी भएका थिए। उनले ती योजनालाई “बहुलट्ठीपन” को सङ्ज्ञा दिँदै त्यसले “विनाशकारी तनाव” निम्त्याउने चेतावनी दिएका थिए।


Advertisementadv-800×200.png

सम्बन्धित खबर