Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत दलेलाको शिष्टाचार भेट

Advertisement800×200-1

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेलाले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा मन्त्री खनालले दलेलालाई नेपालका लागि भारतीय राजदूत नियुक्त भएकोमा बधाई दिँदै सफल कार्यकालको शुभकामना दिए । भेटमा नेपाल–भारत सम्बन्धका विभिन्न पक्षबारे छलफल भएको थियो । दुवै देशबीच लामो समयदेखि कायम मैत्रीपूर्ण सम्बन्ध र द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा पनि कुराकानी भएको थियो ।


Advertisementadv-800×200.png

सम्बन्धित खबर