Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

चित्लाङमा ६ किलो ४० ग्राम चरेसजस्तो पदार्थसहित दुई जना पक्राउ

Advertisement800×200-1

प्रमोद सहनी मकवानपुर। थाहा नगरपालिका–९, चित्लाङस्थित प्रहरी चेकपोस्टमा गाडी जाँच गर्दा ६ किलो ४० ग्राम चरेसजस्तो देखिने पदार्थ बरामद भएको छ। प्रहरीले गाडीका चालकसहित दुई जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी निरीक्षक गोविन्दप्रसाद भण्डारीको नेतृत्वमा खटिएको टोलीले राति करिब १ः४५ बजे काठमाडौं जाँदै गरेको बा.प्र. ०१–०३५ च ४५६१ नम्बरको सेतो एसयूभी रोकेर जाँच गरेको थियो। प्रहरीले जनाएको अनुसार गाडी गोरखा, चितवनको सौराहा र हेटौँडा हुँदै काठमाडौंतर्फ जाँदै थियो।

गाडीको पछाडिको डिक्कीमा राखिएको कालो लगेजभित्र लत्ताकपडाले छोपेर राखिएका पाँच वटा पोकामा उक्त पदार्थ भेटिएको प्रहरीले जनाएको छ। सेतो प्लास्टिकमा बेरिएका पोकाको कुल तौल ६ किलो १४० ग्राम थियो। प्लास्टिक हटाएर तौल गर्दा पदार्थ ६ किलो ४० ग्राम रहेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–३, सञ्जीवनी चोक स्थायी घर भई हाल बनेपा नगरपालिका–८, तीनदोबाटो बस्ने ३३ वर्षीय चालक हेविन श्रेष्ठ र चितवनको भरतपुर महानगरपालिका–११, कोलटाँडी स्थायी घर भई हाल भरतपुर–२, क्षेत्रपुर बस्ने २१ वर्षीया दिव्याश्री काफ्ले छन्। स्थानीय बासिन्दा र जनप्रतिनिधिको उपस्थितिमा खानतलासी गरिएको प्रहरीले जनाएको छ। प्रहरीले बरामद पदार्थ र गाडी नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ।


Advertisementadv-800×200.png

सम्बन्धित खबर