

अमेरिकी मध्यावधि निर्वाचनमा डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीले संसद्का दुवै सदन गुमाएको छ, र मतदाताले महँगी, अर्थतन्त्र र नेतृत्वशैलीप्रति असन्तुष्टि देखाएका छन्। एपीको मतदाता सर्वेक्षणमा करिब दुईतिहाइले ट्रम्पका नीतिले अर्थतन्त्र खराब बनाएको बताएका छन्, र करिब आठमध्ये १० मतदाताले महँगीले आर्थिक कठिनाइ भोगेको बताएका थिए। ट्रम्पको इरान युद्ध, उच्च भन्सार महसुल, आप्रवासन धरपकड, भ्रष्टाचारका प्रश्न र ल्याटिनो तथा युवा मतदाताको झुकाव परिवर्तनले रिपब्लिकन पराजयलाई थप बल दिएको छ।
२० कात्तिक, काठमाडौं। अमेरिकी मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीले संसद्का दुवै सदन गुमाएपछि पार्टीभित्र हारको कारणबारे बहस सुरु भएको छ। निर्वाचनको परिणाम सार्वजनिक भएसँगै ह्वाइट हाउसको आधिकारिक सामाजिक सञ्जाल खाताले ट्रम्पको तस्बिर राख्दै ‘नेभर सरेन्डर’ लेखेको छ। तर चुनावी नतिजाले ट्रम्प प्रशासनका नीति, कार्यशैली र प्राथमिकताप्रति मतदाताको असन्तुष्टि प्रकट गरेको विश्लेषण भइरहेको छ। यसपटकको पराजयलाई एउटा मात्रै कारणले व्याख्या गर्न सकिँदैन।
महँगी, इरानसँगको युद्ध, भन्सार नीतिले पारेको आर्थिक असर, आप्रवासन तथा देशनिकालासम्बन्धी कडा कारबाही, सरकारमाथि उठेका भ्रष्टाचारका प्रश्न र ट्रम्पको घट्दो लोकप्रियताले रिपब्लिकनलाई कमजोर बनाएको देखिन्छ। समाचार संस्था एपीको निर्वाचनपछिको मतदाता सर्वेक्षणले पनि आर्थिक असन्तुष्टि, सरकारी भ्रष्टाचार र राष्ट्रपतिको कार्यशैलीप्रतिको निराशालाई रिपब्लिकन पराजयका प्रमुख पृष्ठभूमिका रूपमा देखाएको छ।

सम्बन्धित खबर











