Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

ट्रम्पले ओभल अफिसलाई ‘राष्ट्रिय स्मारक’ घोषणा, भावी राष्ट्रपतिहरूलाई भत्काउन नपाउने

Advertisement800×200-1

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसस्थित ओभल अफिसलाई राष्ट्रिय स्मारक घोषणा गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। ट्रम्पले यस कदमले भावी राष्ट्रपतिहरूलाई ओभल अफिसको मूल संरचना भत्काउन वा मनपरी परिवर्तन गर्नबाट रोक्ने दाबी गरेका छन्। आदेशअनुसार ओभल अफिसको संरक्षण र व्यवस्थापन राष्ट्रिय निकुञ्ज सेवाले गर्नेछ। २० कात्तिक, काठमाडौं।

ट्रम्पले आफ्नो दोस्रो कार्यकालमा ओभल अफिसको स्वरूपमा व्यापक परिवर्तन गरेका छन्। विशेषगरी कार्यालयभित्र सुनौलो सजावट र विभिन्न कलात्मक सामग्री थपेर यसको स्वरूप नै फेरिएको छ। बिहीबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले ओभल अफिसलाई राष्ट्रिय स्मारकका रूपमा संरक्षण गरिने बताए। उनले भने, “यसलाई राष्ट्रिय स्मारक बनाउँदै छौं। अब कसैले पनि यसलाई छुन, नष्ट गर्न वा भत्काएर अलिकति फरक स्वरूपको संरचना बनाउन पाउने छैन।”

ट्रम्पको यो निर्णय ह्वाइट हाउसको पूर्वी भाग भत्काइएको केही महिनापछि आएको हो। उनले नयाँ बलरुम निर्माण गर्ने योजनाअन्तर्गत पूर्वी भागको सम्पूर्ण संरचना भत्काएका थिए। अमेरिकी कंग्रेसको स्वीकृतिबिनै निर्माण अघि बढाइएको भन्दै यसको आलोचना हुँदै आएको छ। बिहीबार हस्ताक्षर गरिएको कार्यकारी आदेशमा ओभल अफिससँगै त्यस वरपरका केही कोठालाई पनि राष्ट्रिय स्मारकका रूपमा उल्लेख गरिएको छ।

नयाँ आदेशअनुसार ओभल अफिसको संरक्षण र व्यवस्थापन राष्ट्रिय निकुञ्ज सेवा (नेसनल पार्क सर्भिस) ले गर्नेछ। यसले ऐतिहासिक स्वरूप, वास्तुकलाको अखण्डता र राष्ट्रपतीय इतिहाससँगको सम्बन्ध जोगाउने गरी व्यवस्थापन गर्न आदेशमा भनिएको छ। हालको ओभल अफिस सन् १९३० को दशकको सुरुवातमा तत्कालीन राष्ट्रपति फ्र्यांकलिन डी रुजवेल्टको अवधारणाअनुसार निर्माण भएको हो।


Advertisementadv-800×200.png

सम्बन्धित खबर