Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

पोखरा ११ ले नागार्जुन भेट्रान्स फुटबलको उपाधि जित्यो

Advertisement800×200-1

पोखरा ११ ले शुक्रबार मध्यपुर थिमि मैदानमा त्रिभुवन आर्मी फुटबल क्लबलाई ४–० ले हराउँदै तेस्रो नागार्जुन भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि जितेको छ। पोखराका डेनिम राई, सुवीनकुमार श्रेष्ठ, सुरेन्द्र तामाङ र गंगाबहादुर तामाङले गोल गरेपछि टोलीले आठ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको हो।

उपविजेता आर्मीले पाँच लाख रुपैयाँमा चित्त बुझायो। पोखराका गोविन्दबहादुर थापा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिए, जसले पुरस्कारस्वरूप एक थान स्कुटर प्राप्त गरे। व्यक्तिगत विधामा पोखराका योगेन थकाली उत्कृष्ट प्रशिक्षक र सुरेन्द्रबहादुर तामाङ उत्कृष्ट फरवार्ड घोषित भए।

सानोगौचरण नाइट किंग्स क्लबका शम्भु श्रेष्ठ उत्कृष्ट गोलकिपर, आर्मीका चुनबहादुर थापा उत्कृष्ट डिफेन्डर र राजु तामाङ उत्कृष्ट मिडफिल्डर चुनिए। उनीहरूले जनही १० हजार रुपैयाँ पुरस्कार पाए। धरान सिटी एफसीले फेयर प्ले अवार्ड प्राप्त गर्‍यो।

समापन समारोहमा मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठ, वडा नम्बर ३ का अध्यक्ष कृष्णहरि आचार्य, वडा नम्बर २ का अध्यक्ष श्रीकृष्ण श्रेष्ठ, अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पा र राष्ट्रिय टोलीका पूर्वखेलाडी विज्ञानराज शर्मा र उपेन्द्रमान सिंहलगायतको उपस्थिति थियो।


Advertisementadv-800×200.png

सम्बन्धित खबर